Websoft University

www.radiomakalu.com || 021-522512


भान्साकै खजानाले बन्न सकिन्छ सुन्दर, किन धाउनु व्युटी पार्लर ?



व्युटी पार्लर धाउनु, सौन्दर्य प्रसाधन प्रयोग गर्नु खर्चिलो र झन्झटिलो हुन्छ । त्यसमाथि यस्ता कृतिम बिधीले प्राकृकित सौन्दर्य प्राप्त गर्न सकिदैन । बजारमा पाइने सौन्दर्य प्रसाधनले दीर्घकालिन काम पनि गर्दैन । त्यसो भए के गर्ने त ?


सजिलो काइदा छ, भान्सको सामग्रीलाई प्रयोग गर्ने । हामीले भान्सामा दिनहुँ प्रयोग गर्ने कति चिज यस्ता छन्, जसले हाम्रो सौन्दर्यमा निखार ल्याउन मद्दत गर्छ ।

नुनको प्रयोग

नुन छालाको लागि एकदमै फाइदाजनक हुन्छ । यो एक बडी स्क्रब, फेस टोनर र फेस स्क्रबको रुपमा प्रयोग गर्न सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

१. एक चम्चा ओलिभ आयल

२. एक चम्चा नुन

सबैभन्दा पहिला एक चम्चा ओलिभ आयलमा एक चम्चा नुन मिसाउने । यसलाई हल्का ढंगले हातले अनुहारमा स्क्रब गर्ने । त्यसपछि आधा घण्टासम्म छाडिदिने । आधा घण्टापछि मनतातो पानीले धुने ।

टोनरको रुपमा नुन प्रयोग गर्ने तरिका

नुनमा पानी मिसाउने । जब यो पग्लिन्छ, त्यसलाई कुनै स्प्रेमा राख्ने । त्यसपछि आँखालाई बचाएर अनुहारमा नियमित स्प्रे गर्ने ।

दहीको प्रयोग

घरमा पाइने दही पनि एक सेतो वस्तु हो, जसले तपाईको अनुहार सुन्दर र ग्लोइङ बनाइराख्छ । यसले घामको किरणबाट पनि जोगाउँछ ।



कसरी प्रयोग गर्ने

१. एक ठूलो चम्चा दही

२. आधा चम्चा कागतीको रस

३. आधा चम्चा मह

मह र कागतीको रस मिसाएर दहीमा हाल्ने । त्यसलाई राम्ररी घोल्ने । अब यो मिश्रणलाई अनुहारमा लगाएर २० मिनेटसम्म राख्ने । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्ने ।

काचो दुधको प्रयोग

१. काचो दुध

२. केरा

काचो दुध छालाको लागी लाभदायक मानिन्छ । काचो दुध अनुहारमा लगाउदा रुखोपन, डार्क सर्कलको समस्या हट्छ । केरालाई काचो दुधमा मिसाएर नियमित लगाउनाले अनुहार मुलायम र चम्किलो हुन्छ ।

चिनी

चिनी गुलियो र मीठो हुन्छ । यसलाई अनुहार चम्काउन पनि प्रयोग गर्न सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

१. ओलिभ आयल

२. कागतीको रस

३. चिनी

कसरी प्रयोग गर्ने

कागतीको रस र ओलिभ आयल आपसमा मिलाएर चिनीमा घोल्ने । अब यसलाई आफ्नो अनुहारमा लगाउनु पर्छ ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget