Websoft University

www.radiomakalu.com || 021-522512


पाकिस्तानी तिर्थस्थलमा २० जनाको हत्या


पाकिस्तानी तिर्थस्थलमा २० जनाको हत्या

इश्लामाबाद,  चैत २० गते । पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार विहान २० जनाको हत्या भएको छ भने अरु चार जना घाइते भएका छन् । पञ्जाव प्रदेशमा पर्ने मोहम्मद अलीको स्मृतिस्थलमा भएको घटनामा परी मृत्यु हुने २० जनामध्ये चार जना महिला रहेका छन् । स्मृतिस्थलका रक्षकसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।


“स्मृतिस्थलका रक्षक ५० वर्षीय अब्दुल वाहीदले आफुलाई मार्न आएको ठानेर उनीहरुलाई नै मारिदिएको हुनसक्छ,” क्षेत्रीय प्रहरी प्रमुख जुल्फीकर हमिदले एएफपीलाई भन्नुभयो । उहाँले नियन्त्रणमा लिइएका व्यक्तीहरुमा मानसिक समस्या भएको पनि हुनसक्ने बताउँदै घटनाको बारेमा विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो ।

पञ्जावका मुख्यमन्त्री शाहबाज सरिफले २४ घन्टाभित्रमा अनुसन्धान प्रतिवेदन पेश गर्न प्रहरीलाई निर्देशन दिनुभएको एक उच्च सरकारी अधिकारीले बताउनुभयो । घटना भएको ठाउँ पाकिस्तानमा निकै प्रशिद्ध र धेरै मान्छे जाने ठाउँका रुपमा चिनिन्छि ।

झरफुक गर्ने ठाउँहरुमा कहिले काही केही व्यक्तीहरुको हत्या पाकिस्तानमा बेला बेलामा हुनेगर्दछ, तर यस्तो धेरै जनाको एकैचोटी हत्या भने निकै कम मात्रै हुने गरेको थियो । पाकिस्तानका लाखौँ जनताले अहिले पनि झरफुकजस्ता रुढीबादी परम्परामा विश्वास राख्दछन् । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget