Websoft University

www.radiomakalu.com || 021-522512


हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

दमासकस । इस्लामिक स्टेट (आइएस), लडाकूहरुको राजधानी मानिने उत्तरी सिरियाको राक्वा प्रान्तमा शनिबार अमेरिकाआवद्ध हवाई हमलामा परी कम्तीमा १५ सिरियालीको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा चार बालबालिका र एक महिला रहेका सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले जनाएको छ । सिरियाको पश्चिमी भागमा पर्ने राक्का प्रान्तको हैदेह भन्ने ठाउँमा सो आक्रमण भएको हो ।


आतङ्कवादविरुद्ध अमेरिका नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी केही दिन अगाडी मात्रै पनि १० जना सर्वसाधारणको मृत्यु भएको थियो । गत महिना पनि अमेरिका आवद्ध हवाई आक्रमण परी मन्सुरा सरहको एक विद्यालयमा बसिरहेका ३३ जनाको मृत्यु भएको थियो । सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको युद्धक विमानबाट बेला बेलामा आम नागरिक पीडित हुनेगरी आक्रमण हुनेगरेको छ ।

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अलकायदा र इस्लामिक स्टेटजस्ता आतङ्ककारी समुहहरु दावी हुँदै गए । यस युद्धमा परी सो समयदेखि हालसम्म तीन लाख १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसगरी यस युद्धमा परी लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखाँै आफ्नै देश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् । रासस÷सिन्ह्वा

  
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget