Websoft University

www.radiomakalu.com || 021-522512


'सुरक्षा फोर्स थपेर भएपनि दुर्इ नम्बर प्रदेशमा चुनाव गराउँछाैं'

'सुरक्षा फोर्स थपेर भएपनि दुर्इ नम्बर प्रदेशमा चुनाव गराउँछाैं'
                                    वैशाख ३१ मै देशभर चुनावः निर्वाचन आयोग
सुर्खेत चैत २८ गते ।  निर्वाचन आयोगले देशभर एकै चरणमा स्थानीय चुनाव हुने जनाएको छ। निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी मजबुद भएको भन्दै आयोगले देशभर एकैदिन चुनाव सम्पन्न हुने जनाएको हो।
दुई चरणमा चुनाव गर्ने चर्चा चलिरहँदा आयोगले भने एकै चरणमा चुनाव सम्पन्न गर्ने बताएको छ । प्रदेश नम्बर २ को सुरक्षा चुनौती देखाएर दुई चरणमा चुनाव गर्ने चर्चा चलाइएको भए पनि त्यहाँ थप सुरक्षा व्यवस्था गरेर देशभर एकैदिन चुनाव गरिने आयोगको भनाइ छ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहले आउँदो बैशाख ३१ गते एकैदिन देशभर चुनाव हुने बताउनुभयो। आयोगको निर्देशनमा गृहमन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापन गरिसकेको भन्दै उहाँले कुनै पनि हालतमा बैशाख ३१ गते नै देशभर मतदान हुने उल्लेख गर्नुभयो। अब कसैले चाहेर पनि चुनावलाई प्रभावित गर्न नसक्ने उहाँको दाबी छ।
निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयक क्षेत्रीय प्रशिक्षण कार्यक्रमको सोमवार वीरेन्द्रनगरमा उद्घाटन गर्दै निर्वाचन आयुक्त शाहले चुनावको विषयमा कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो,‘अब चुनाव हुन्छ कि हुँदैन भनेर भ्रममा पर्नु आवश्यक छैन, आयोगले आवश्यक तयारी पूरा गरेको छ । देशभर एकैदिन र एकै चरणमा चुनाव हुन्छ, सुरक्षाका लागि हामीले सबै समन्वय गरिसकेका छौं।’
प्रदेश नम्बर २ मा कसरी चुनाव गर्छौं भन्नु र भूकम्प आयो भने के गर्छौं? भन्नु उस्तै भएको भन्दै शाहले २ नम्बर प्रदेशमा सुरक्षा फोर्स थपेर भए पनि देशभर एकै चरणमा चुनाव हुने जानकारी दिनुभयो। अहिले पनि प्रदेश नम्बर २ लगायत देशभरको सुरक्षा नियन्त्रणमा रहेको भन्दै उहाँले मतदाताले ढुक्कसँग मत दिन सक्ने अवस्था रहेको बताउनुभयो।
कार्यक्रममा निर्वाचन आयुक्त शाहले सरकारले घोषणा गरेकै मितिमा चुनाव सम्पन्न हुने भएकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचनलाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रीत हुन निर्देशन दिनुभयो। सुरक्षाको सम्पूर्ण व्यवस्थापन भइरहेको भन्दै उहाँले हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो।
मंगलवारसम्म चल्ने कार्यक्रममा यस क्षेत्रका मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतहरुको सहभागिता रहेको छ।- ललितबहादुर बुढा , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget