Websoft University

www.radiomakalu.com || 021-522512


मतदान केन्द्र सबैभन्दा बढी काठमाडौंमा, कम मनाङमा


 मतदान केन्द्र  सबैभन्दा बढी काठमाडौंमा, कम मनाङमा
देशभर १८, ५७२ मतदान केन्द्र


काठमाडौ,  बैशाख  ७ गते   । न्द्रित दलले स्थानीय तह निर्वाचनमा भाग नलिने भन्दै असहमति व्यक्त गरे पनि निर्वाचन आयोगले २ नम्बर प्रदेशसहित देशभर मतदान केन्द्र तोकेको छ । आयोगले देशभर १० हजार ६ सय ४० मतदान स्थल र १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकेको छ । मधेसकेन्द्रित दलको अवरोधका कारण आयोगले २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न ढिलाइ गरेको हो ।
आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले सात प्रदेशका ७५ जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरिएको जानकारी दिनुभयो । आयोगले १० हजार ६ सय ४० मतदान स्थल र १८ हजार ५ सय ७२ मतदान केन्द्र निर्धारण गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । मतदाताको संख्याअनुसार एउटा मतदान स्थलमा दुई वा सोभन्दा बढी पनि मतदान केन्द्र हुन सक्नेछन् ।
आयोगका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६ सय ८६ मतदान केन्द्र छन् भने सबैभन्दा थोरै मनाङमा २८ मात्र मतदान केन्द्र तोकिएका छन् । स्थानीय निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।आयोगका अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छन् । ५ लाख ६३ हजार ८ सय ७० मतदाता रहेको मोरङमा ३ सय मतदान स्थल र ६ सय ६९ मतदान केन्द्र निर्धारण गरिएका छन् । ५ लाख ५९ हजार ४ सय मतदाता रहेको काठमाडौंमा सबैभन्दा धेरै ६ सय ८६ मतदान केन्द्र तोकिएका छन् ।
३ लाख ८९ हजार ३ सय ८६ मतदाता रहेको धनुषामा सबैभन्दा बढी ३ सय २६ मतदान स्थल तोकिएका छन् । तर, धनुषामा ५ सय ३५ मतदान केन्द्र छन् । मोरङ र काठमाडौंपछि ५ लाख बढी मतदाता रहेको तेस्रो जिल्ला झापा हो । ५ लाख १० हजार २ सय १६ मतदाता रहेको झापामा ६ सय ३७ मतदान केन्द्र निर्धारण गरिएका छन् । पर्साबाहेक दुई नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा मतदाताको संख्या तीन लाख नाघेको छ ।

Yamaha
२ लाख ८० हजार मतदाता रहेको पर्सामा सबैभन्दा बढी २० दलले दलगत चुनाव चिह्न पाएका छन् । धेरै मतदाता रहेका जिल्लामा रुपन्देही र कैलाली रहेको आयोगले जनाएको छ । ४ लाख ५८ हजार ६ सय १६ मतदाता रहेको रुपन्देहीमा ५ सय ४३ तथा ४ लाख ३ हजार २ सय ८० मतदाता रहेको कैलालीमा ४ सय ९० मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
सबैभन्दा कम ५ हजार ९५ मतदाता रहेको मनाङमा २८ वटा मतदान केन्द्र तोकिएका छन् । मनाङपछि सबैभन्दा कम मुस्ताङमा ८ हजार २ सय ६३ मतदाताका लागि ३७ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगका अनुसार ५० हजारभन्दा कम मतदाता रहेका जिल्लाको संख्या ६ वटा छ । हुम्लामा २४ हजार ५ सय ६२, डोल्पामा १६ हजार ७ सय ३, मुगुमा २७ हजार ४ सय ३५ र रसुवामा २७ हजार ७ सय ५६ मतदाता छन् ।
आयोगले मतदान केन्द्र निर्धारण भइसकेकाले अब ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापनाको तयारी भइरहेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतका ७५ वटै जिल्लामा कार्यालय खोलिसकेको आयोगले केही दिनभित्रै मतदान सामग्री जिल्ला पठाउन पनि सुरु गरिने आयोग प्रवक्ता शर्माले जानकारी दिनुभयो ।अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget