Websoft University

www.radiomakalu.com || 021-522512


फरक रक्त समूहमा मिर्गौला प्रत्यारोपण सम्भव

फरक रक्त समूहमा मिर्गौला प्रत्यारोपण सम्भव

काठमाडौ,  चैत १९ गते ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब नौ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल' तथा फरक रक्त समूहको मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको छ ।
अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले यही चैत ९ गते सफल प्रत्यारोपण गरेको हो ।
डा. शाहसहित डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिदान श्रेष्ठ, डा. प्रेमराज ज्ञवाली (विभागीय प्रमुख), डा. उत्तमकुमार शर्मा, डा. पवनराज चालिसे र डा. भोजराज लुइँटेलको टोलीले काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठको बुबाको मिर्गौला प्रत्यारोपण गरेको हो । अहिले उनी घर फर्किसकेका छन् ।
‘ओ' रगत समूह सुलोचनाको र ‘ए' रगत समूह उनका बुबा श्यामकृष्ण श्रेष्ठको रगत मिलाएर इन्कम्प्याटिबल प्रत्यारोपण गराएको हो । यसका लागि सुलोचनालाई ‘प्जाज्मा फेरोसिस' गरी प्रत्यारोपणका लागि तयार गरिएको थियो । प्रत्यारोपण समूहका सदस्य सर्जन डा. पवनराज चालिसेका अनुसार मिर्गाैला प्रत्यारोपण गर्दा सामान्यतया दिने र लिनेको रगत समूह एकै हुनुपर्छ ।
हाम्रो देशमा अहिलेसम्म यही आधारमा प्रत्यारोपण हँुदै आएको थियो । फरक रक्त सूमहको मिर्गाैलालाई शरीरको ‘एन्टी बडी'ले सपोट गर्दैन ।‘फरक रक्त समूहका मिर्गौलालाई ग्रहण गर्न नदिने शरीरको एन्टी बडीलाई निष्क्रिय पारेर मात्रै यो प्रत्यारोपण गरिन्छ । रक्त समूह नमिल्ने भएकाले प्रत्यारोपण गर्नेमा उच्च दक्षता जरुरी हुन्छ । लामो समयको तयारीपछि हामीले सफल प्रत्यारोपण गरेका हौं', उनले भने ।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले आफ्नै नातेदारबाट मात्र मिर्गौला लिन सक्छ जुन हाम्रो देशको कानुनले सीमा निर्धारण गरेको छ । जसका लागि एकै रक्त समूह हुनुपर्छ । यस्तो अवस्थामा मिर्गौला दिन चाहेर पनि रक्त समूह नमिलेका कारण दिन नसकिरहेको अवस्थामा यस्तो खालको फरक रक्त समूहको प्रत्यारोपणले मिर्गौला रोगीमा नयाँ आशा जगाएको छ ।
अहिले भइरहेको भन्दा केही झन्झटिलो र अलि महँगो विधि भए पनि यसले रक्त समूह नमिलेर डाइलासिसमा मात्र बसिरहेका बिरामीलाई प्रत्यारोपण गर्नसक्ने नयाँ बाटो खोलेको छ । डा. चालिसेका अनुसार नातेदारभित्र दाता भेटिए पनि रक्त समूह नमिलेका कारण प्रत्यारोपण गराउन नपाएकालाई यो प्रविधि नयाँ आशा हो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget