Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्ति केन्द्रदेखि स्थानीयतहसम्मै आर्थिक संकटमा

नयाँ शक्ति केन्द्रदेखि स्थानीयतहसम्मै आर्थिक संकटमा
चन्दा उठाउने नीति बन्यो

काठमाडौ चैत २३ गते । आर्थिक समृद्धिको युगको नेतृत्व गर्न सक्ने पार्टी बनाउने दावी गर्दै आएका बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपाल आर्थिक संकटमा परेको छ । सो पार्टीले बनाएको निर्वाचनको तयारी सम्बन्धी कार्ययोजनामा पार्टी आर्थिक संकटमा रहेको जनाइएको छ ।‘हामी आर्थिक संकटमा छौं । यस्तो संकट केन्द्रमा मात्र होइन स्थानीय तहसम्म नै छ । हामी निर्वाचनमा सहभागी भइरह“दा आर्थिक स्रोत अझ धेरै आवश्यक पर्ने पक्का छ’ कार्ययोजनामा भनिएको छ । आर्थिक व्यवस्थापनका लागि सो पार्टीले सात बुँदे सर्कुलर जारी गरेको छ ।

मितव्ययिता र आत्मनिर्भरतालाई मुख्य नीति र शैली बनाउने,नियमित पार्टी सञ्चालनका लागि लेवीलाई प्रभावकारी बनाउने,आर्थिक व्यवस्थापनस“ग सदस्यतालाई जोड्ने,यसकालागि अनिबार्य सदस्यता विवरण र सो वापत हुने शुल्कको हिस्सा केन्द्रीय समितिमा त्रैमासिक बुझाउने व्यवस्था गर्ने,यसले स्थानीय कमिटीहरुमा पनि आर्थिक स्रोत जम्मा हुने कार्ययोजनामा उल्लेख छ । निर्वाचनमा पुराना शक्तिहरुले गर्ने फजुल खर्च, तडकभडक, किनबेच, भ्रष्टाचार आदिस“ग प्रतिस्पर्धा गर्ने नभई मितव्ययिता, स्वच्छता, पारदर्शिता, आत्मनिर्भरतामा जोड दिने नीति सो पार्टीले बनाएको छ । न्यूनतम खर्चको व्यवस्थापनको निम्ति आफ्नै पार्टीपंक्ति, शुभेच्छुक र आम जनतास“ग विधिसम्मत र पारदर्शी ढंगले विशेष सहयोग संकलन गर्ने योजना सो पार्टीले बनाएको छ ।

विभिन्न सहयोगीहरुबाट सहयोग उठाउने कामलाई नियमित गर्ने,एक जनाबाट धेरै रकम नभई धेरै जनाबाट थोरैथोरै रकम भए पनि लिने नीति लिने,मुठ्ठिदान जस्तो वैकल्पिक विधिहरु प्रयोग गर्ने,यस्तो सहयोगलाई जोरजबरजस्ति नगर्ने र आर्थिक सहयोग दिनेलाई धन्यवाद दिने र पछि खर्च सार्वजनिक गर्ने योजना सो पार्टीले बनाएको छ । पार्टीका झण्डा, लोगो, चुनाव चिन्हहरुलाई प्रयोग गरेर आकर्षक व्याज, सोभनियरहरु, कप, प्लेट बनाउने उत्पादनमुखी काम गर्न आर्थिक प्रबद्र्धन शाखा वा पार्टी सहयोगीहरुबाट सुरु गर्ने गराउने,जसलाई पार्टी कार्यकर्ता शुभेच्छुकहरु लगायत विदेशमा बिक्री गर्ने र सो वापत आम्दानी गर्ने नीति सो पार्टीको छ ।

सात प्रदेशमा सात वटा भव्य सा“स्कृतिक कार्यक्रम गर्ने,यसमा पार्टी शुभचिन्तक, सदस्य, सेलीबे्रटीहरुले प्रदर्शन र प्रस्तुति दिने,प्रवास प्रदेशले निर्वाचन प्रयोजनका लागि आफ्ना मातहतका कमिटीहरुलाई आर्थिक सहयोगका लागि बिशेष अपील गर्ने, केन्द्र, प्रदेश, जिल्ला तहमा आर्थिक स्रोत परिचालन समिति बनाएर प्रभावकारी कार्यसम्पादन गर्ने योजना सो पार्टीको छ ।

भूगोल, गैरभूगोल र विदेशमासमेत गरी एक सय सात वटा वटा जिल्ला समिति (परिषद), ११ वटा प्रदेश समिति (परिषद), ३१ वटा विभाग, २७ वटा आंगिक पेशागत संगठनको संरचना निर्माण गरेको सो पार्टी आर्थिक संकटमा परेको छ । निर्वाचन आयोगका ७५ वटै कार्यालयमा पार्टीलाई दर्ता गरेको सो पार्टीले आफूलाई प्रवासी नेपालीको वीचमा पनि बलियो शक्तिका रुपमा स्थापित गरेको दावी गरेको छ ।

चैत १५ र १६ गते काठमाडौमा भएको संघीय परिषदको दोस्रो पूर्ण बैठकले पारित गरेको निर्वाचनको तयारी सम्बन्धी कार्ययोजनामा भनिएको छ ‘अब हामीले एकातिर वैकल्पिक र राम्रो पार्टी बनाउने र अर्कोतिर ठूलो र शक्तिशाली पार्टी बनाउने चुनौतिलाई एकैसाथ हल गर्नु पर्छ । यी अन्तरबिरोधी कुरा होइनन् । किनभने दुबैलाई एकसाथ लैजानु पर्छ । हामीलाई राम्रो र ठूलो मध्ये एउटा छान्ने छुट छैन । हामी एकैसाथ दुबै हुनुपर्छ र हुनेछौं । यसमा सम्पूर्ण पार्टी पंक्तिको एउटै बुझाइ हुनु जरुरी छ । अनि मात्र हामी दुबै चुनौतिहरुको समाधान खोज्न सफल हुन सक्नेछौं ।’

सो पार्टीले सबै निर्वाचन इकाइहरुलाई तीन श्रेणीमा विभाजन गर्ने अवधारणा बनाएको छ । सो पार्टीले निर्वाचन जित्ने क्षेत्रलाई पहिलो क्षेत्र मानेको छ । स्थानीय तहमा कुन गाउ“पालिका वा नगरपालिकामा आफूले जित्न सक्ने हो,त्यसको बस्तुनिष्ठ सूची तयार गर्ने,यस्तो सूची आफनो बस्तुगत र आत्मगत शक्ति, सामथ्र्य र सम्भावनाको आधारमा बनाउने,सूचीका आधारमा जित्ने क्षेत्रमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गरिने कार्ययोजनामा उल्लेख छ । सो पार्टीले सहकार्यको क्षेत्रलाई दोस्रो क्षेत्र मानेको छ । ‘पुराना पार्टीहरुको स्थान र शक्ति सन्तुलनमा फेरबदल ल्याउन सकिने क्षेत्रहरु कुन कुन हुन् सो विचार गरी दोश्रो श्रेणीका निर्वाचन इकाईहरु निर्धारण गरिने छ । यो श्रेणीका निर्वाचन इकाइहरुमा सहकार्य गर्ने र अधिकतम राजनीतिक लाभ लिने नीति हुनेछ’सो पार्टीले भनेको छ । सो पार्टीले संगठन विस्तार र विस्तारको क्षेत्रलाई तेस्रो क्षेत्र मानेको छ । ‘जहा“ पार्टी तुलनात्मक रुपमा कमजोर छ त्यहा“ पार्टीको संगठन विस्तार र सुदृढीकरणमा जोड दिने नीति लिनु पर्छ । निर्वाचनका माध्यमबाट पार्टी निर्माण र नेतृत्व विकास होस् भन्ने यस्ता क्षेत्रहरुको मुख्य जोड हुनेछ’कार्ययोजनामा भनिएको छ ।

कार्ययोजनाको उद्देश्यमा पार्टीलाई एक वैकल्पिक शक्ति र मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा स्थापित गर्नु रहेको छ । तीनवटै निर्वाचनमा श्रेष्ठता हासिल गर्ने,आगामी दिनमा हुन गइरहेका स्थानीय,प्रादेशिक र संघीय निर्वाचनहरुमा प्रतिस्पर्धा गरी मुख्य राजनीतिक दलहरुको सूचीमा आफूलाई स्थापित गर्नु नै आफनो उद्देश्य रहेको सो पार्टीले स्पष्ट पारेको छ । निर्वाचनलाई पार्टी विस्तारको आधार बनाई तीनवटै निर्वाचनको अन्त्यमा पार्टी देशका सम्पूर्ण नगर तथा गाउ“पालिकाका टोल–टोलसम्म निर्माण गरिने, पार्टीको वैकल्पिक धार र पाँच ‘स’ लाई जनताबीच पु¥याइने,पार्टी वैकल्पिक पार्टी हो भन्ने कुरा जनताबीच स्थापित गर्दै पार्टीका मुख्य नीतिहरुमा जनताको समर्थन प्राप्त गर्न प्रयत्न गरिने कार्ययोजनामा उल्लेख छ ।- अन्नपूर्णबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget