Websoft University

www.radiomakalu.com || 021-522512


एमाले आक्रोशः राष्ट्रिय सहमति गर्दा हामी चाहिँदैन ? बजेटपछि चुनाव हुन सक्दैन

Image result for cpn uml sun

काठमाडौं , वैशाख १० गते । प्रमुख प्रतिपक्षी दललाई नसोधी दुई चरणमा चुनाव गर्ने र संविधान संशोधन प्रक्रिया अघि बढाउने विषयमा मधेसी मोर्चा र सरकारबीच अनौपचारिक सहमति भएपछि एमाले आक्रोशित भएको छ ।

संसद्को दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्ष शक्तिलाई ‘बायस’ गरेर संविधान संशोधन र दुई चरणमा निर्वाचन गर्नेजस्तो संवेदनशील विषय टुंग्याउन खोजिएको भन्दै एमाले रुष्ट भएको हो ।
एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बजेट पछाडि अर्को चरणको निर्वाचन हुनै नसक्ने ठोकुवा गरे । “जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ,” उनले भने, “बजेट अगाडि नै निर्वाचन सक्ने भए एउटा कुरा हुन्छ ?” बजेट पछाडि निर्वाचन गर्न के हुन्छ भनेर आयोगको धारणा आउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै उनले सरकार–मधेसी मोर्चाबीच भएको सहमति बारे एमालेलाई कुनै जानकारी नआएको भन्दै सरकारको जानकारी आएपछि मात्रै एमालेको आधिकारिक धारणा आउने बताए ।

“अहिलेको अवस्था हेर्दा कांग्रेसकै हाराहारीकै शक्ति, देशको प्रमुख प्रतिपक्ष एमालेसँग कुराकानी नै नगरी अघि बढ्न खोजेजस्तो देखिन्छ,” उनले भने, “एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति हुन्छ ?”

उनले मधेसी मोर्चासँग सहमति गरे पनि एमालेले संविधान संशोधन पास हुन नदिने दाबी गरे । “एमालेलाई पनि राखेर सहमति गरेको भए एउटा अवस्था हुन्थ्यो । एमालेले पनि आफ्नो कुरा राख्थ्यो । सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास हुनै सक्दैन,” उनले भने । त्यस्तै एमाले सचेतक भानुभक्त ढकालले संसद बैठक पछि बस्ने संसदीय दलको बैठक पश्चातमात्रै धारणा दिने बताए । “हामी छलफलमै छौँ, व्यवस्थापिका–संसद् बैठक पछि हाम्रो दलको बैठक बस्छ, त्यसपछि मात्रै केही भन्न सकिन्छ,” उनको भनाइ थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget