Websoft University

www.radiomakalu.com || 021-522512


चौथो धनगढी हाफ म्याराथनको तयारी पूरा




धनगढी जेसीसले प्रत्येक नयाँ वर्षको अवसरमा आयोजनामा गर्ने हाफ म्याराथनको यस संस्करणको सबै तयारी सकिएको छ । हाफ म्याराथन शुक्रबार हुनेछ ।


‘अव धनगढी दौडीन्छ’ भन्ने नाराका आयोजना हुने म्याराथनको लागि ट्राफिक ब्यवस्था, स्वास्थ्य र खानेपानीको समेत तयारी पूरा भइसकेको धनगढी जेसीसका अध्यक्ष टेकराज पनेरुले जानकारी दिए ।

उनले तीन चरण गरिने म्याराथनमा खुल्लातर्फ २१ किलोमिटर, पहिलो चरण, दोस्रो चरणमा मिडिया कर्पोरेटका लागि ५ किलोमिटर र ट्राइसाइकल ५ किलोमिटर तेस्रो चरणमा गरिने अध्यक्ष पनेरुले जानकारी दिए ।

करिब २ हजारको सहभागिता रहने प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गर्ने आयोजकले जानकारी दिएको छ । आयोजक धनगढी जेसिजका अध्यक्ष पनेरुले प्रतियोगिताका लागि करिब ४ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको बताए ।

उनले प्रतियोगितामा म्याराथन दौड तर्फ प्रथम, द्घतिीय र तृतीय हुनेलाई क्रमशः ५१ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिनेछ । मिडिया कर्पोरेटतर्फको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः ५, ३ र २ हजार पुरस्कार दिइनेछ ।

अध्यक्ष पनेरुले प्रतियोगिताबाट बचेको रकमले भविष्यमा धनगढीमा घुम्ती शौचालयको व्यवस्था गरिने बताए । धनगढी जेसिजले आयोजना गर्न लागेको हाफ म्याराथुनको यो चौथौ संस्करण हो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget