Websoft University

www.radiomakalu.com || 021-522512


मड्रिड डर्बीमा पेपेका दुईवटा करङ भाँचिए

मड्रिड डर्बीमा पेपेका दुईवटा करङ भाँचिए

रियल मड्रिडका भेट्रान डिफेन्डर पेपेका दुईवटा करङ भाँचिएका छन्। शनिवार राति भएको एथ्लेटिको मड्रिडबिरुद्धको खेल दौरानमा रियल मड्रिडकै खेलाडी टोनी क्रुससँग ठोक्किएर पेपे घाइते भएका थिए। घाइते भएर मैदान बाहिर निस्किएका उनको स्वास्थ्य परीक्षणपछि दुईवटा करङ भाँचिएको पुष्टि रियल मड्रिडले गरेको छ।
एथ्लेटिको मड्रिडविरुद्ध आकर्षक गोल गर्दै पेपेले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, एन्टोनी ग्रिजम्यानले खेलको ८५ औं मिनेटमा गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो। रियल मड्रिडले भनेको छ,‘स्वास्थ्य जाँचपछि पेपेको दुईवटा करङ भाँचिएको देखिएको छ।’
‘घाइते भएपछि पेपेलाई सानिटास ला मोरालेजा युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य चेकजाँचका क्रममा उनको बायाँ पट्टीको सातौ र आठौं करङ भाँचिएको पाइएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पेपे घाइते भएपछि प्रशिक्षक जिनेदिन जिदानलाई उनको अनुपस्थितिमा डिफेन्स टाउँको दुखाई बन्नेछ। यस्तै अर्का डिफेन्डर राफेल भार्ने हार्मस्ट्रिङ समस्याका कारण एक महिना मैदान बाहिर रहने बताइएको छ।
पेपेले यो सिजनका बाँकी खेल गुमाउने सक्ने बताइएको छ। पेपेको रियल मड्रिडसँगको सम्झौता आउँदो जुन २० तारिखमा सकिँदैछ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget