Websoft University

www.radiomakalu.com || 021-522512


एमालेमा एक व्यक्ति एक तहको निर्वाचनमात्रै लड्न पाउने




एमालेमा एक व्यक्ति एक तहको निर्वाचनमात्रै लड्न पाउने

काठमाडौंं चैत २१ गते । नेकपा एमालेले तीन तहको निर्वाचनमा एक व्यक्ति एक तहको निर्वाचनमा मात्रै उम्मेदवार बन्न पाउने निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठकले स्थानीय तह, प्रदेश सभा र केन्द्रीय संसदको निर्वाचनमा एक व्यक्ति एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको हो।

एमालेको यो निर्णयसँगै अब एक व्यक्ति एउटा तहको निर्वाचनमा मात्रै उम्मेदवार बन्न पाउनेछन्। स्थानीय तहमा उठेको व्यक्ति प्रदेश सभा र केन्द्रीय संसदको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्। स्थानीय तहको निर्वाचनमा अाक‌ंक्षीहरु धेरै हुने भएकाले त्यसको व्यवस्थापन गर्न यस्तो मापदण्ड तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टरार्इले जानकारी दिए।

यस्तै बैठकले वैशाख ३१ मा हुने लागेको स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारको सिफारिस पठाउन वडा कमिटीहरुले चैत ३० गतेसम्म, गाउ“पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्न निर्देशन दिएको छ।

उम्मेदवारको सिफारिसबारे वैशाख १२ मा बस्ने स्थायी समितिको बैठकले केन्द्रबाट गर्नुपर्ने निर्णय गर्ने भट्टराईले जानकारी दिए। बैठकले ०७४ वैशाख ३१ गते हुने निर्वाचनमा पार्टीलाई विजयी बनाउन पार्टीका केन्द्रीय सदस्यहरु, केन्द्रीय निकाय तथा विभागका सदस्यहरु, सांसदहरुका साथै जनसंगठनका केन्द्रीय नेताहरुलाई सम्बन्धित प्रदेश समन्वय कमिटीसँग समन्वय गरी आ–आफ्नो स्थानीय तह रहेको क्षेत्रमा क्रियाशील हुन निर्देशन दिएको भट्टराईले बताए।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget