Websoft University

www.radiomakalu.com || 021-522512


पुलिसलाई पाखा लगाउँदै संकटा फाइनलमा

पुलिसलाई पाखा लगाउँदै संकटा फाइनलमा 


बुधबार भएको पहिलो सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै नेपाल पुलिस क्लब र संकटा क्लबका खेलाडी ।अन्नपूर्ण

वीरगन्जः विभागीय टोली नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै सीएमजी संकटा क्लब वीरगन्ज जारी प्रथम विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नारायणी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबलाई ३–० गोल अन्तरले पाखा लगाउँदै संकटाले उपाधि भिडन्तका लागि फाइनलमा स्थान सुनिश्चित गरेको हो संकटाका लागि नाइजेरियन खेलाडी मार्टिन्स अजेइ एक्लैले दुई र राज पौडेलले एक गोल गरे ।
खेलको १७औं मिनेटमा मार्टिन्सले डी एरियाभन्दा बाहिरबाट प्रहार गरेको बल पुलिसका गोलरक्षक रोशन खड्काले रोक्न नसकेपछि गोलमा परिणत भएको थियो । मार्टिन्सको गोलसँगै संकटाले १–० को अग्रता लिएको थियो ।
दोस्रो हाफको ४८औं मिनेटमा नै अर्को गोल थपेर मार्टिन्सले संकटालाई २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफकै ५२औं मिनेटमा राज पौडेलले आफ्नो टिमका लागि तेस्रो गोल गरेपछि संकटाले खेल ३–० ले जितेको हो ।
दोस्रो हाफको खेल सुरु भएको ४७औं मिनेटमा संकटाका स्ट्राइकर राज पौडेलमाथि फल गरेपछि पुलिसका बुद्ध लामा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको पुलिस दबाबमा परेको थियो ।
खेलको अन्तिम समयमा पुलिसका कप्तान जुमानु राईले गोल गर्ने केही अवसर पाए पनि संकटाका गोलरक्षक विशालश्रेष्ठले उनको प्रयास विफल पारिदिएका थिए । बुधबार भएको खेलको म्यान अफ दी म्याच पनि संकटाका गोलरक्षक विशाल श्रेष्ठ घोषित भए ।


खेलपछि संकटा क्लबका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टोलीका खेलाडीले राम्रो खेलेका कारण जित हात पार्न सफल भएको बताए । ‘हाम्रा खेलाडीले मरिमेटेर खेले', उनले भने, ‘दोस्रो हाफको सुरुमै पुलिस क्लब १० खेलाडीमा सीमित भएपछि यसको फाइदा हामीलाई भयो ।'
पुलिस क्लबका प्रशिक्षक कुमार कटुवालले खेलको १७औं मिनेटमै पहिलो गोल खाएपछि आफ्नो टोलीका खेलाडी हतोत्साहित भएकाले हार बेहोर्नु परेको बताए । ‘संकटाका खेलाडीको समन्वय एकदम राम्रो थियो, अर्को कुरा दोस्रो हाफको सुरुमै १० खेलाडीमा सीमित भएपछि हाम्रा खेलाडीको मनोबलमा असर पार्‍यो । हारजित त भइरहन्छ, म खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु ।'
जितसँगै संकटाले बिहीबार हुने जनजागृति युवा क्लब सिमरा र नेपाल आर्मी क्लबबीचको अन्तिम सेमिफाइनल खेलको विजेता टिमसँग उपाधिका लागि शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।- अनापूर्ण  बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget