Websoft University

www.radiomakalu.com || 021-522512


चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मारेर खाग चोरी



तस्वीरः सुजन पण्डित

चितवन,चैत २६ गते  । चितवन राष्ट्रिय निकुञ्जमा वयश्क भाले गैंडा मारिएको छ । लगतार तीन वर्षसम्म शुन्यचोरी शिकार बर्ष बनाउन सफल निकुञ्जमा १ हजार दिनपछि गैंडा मारिएको हो ।

निकुञ्जको मुख्यालय नजिक पश्चिम सेक्टरमा पर्ने जगतपुरको हरियाली सामुदायिक वनमा चोरी शिकारीले गैंडा मारेर खाग लगेको अवस्थामा गैंडा फेला परेको निकुञ्ज सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्ऽ अर्यालले जानकारी दिए ।


करिव १२ बर्षको गैंडामाथि जगतपुरको टाईगर ल्याण्गड होटल नजिकै राति तस्करको गोली हानेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए । प्रहरीका अनुसार गैडाको खाग धारिलो हतियार प्रयोग गरि चोरी गरिएको छ ।

चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरणको प्रक्रिया चलिरहेकै समयमा गैंडा मारिएपछि संरक्षणप्रति नै शंका उब्जिएको संरक्षणकर्मीहरु बताउँछन् । विसं २०७१ साल बैशाख २० देखि चितवनमा चोरीशिकारबाट गैंडा मरेको थिएन ।- अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget