Websoft University

www.radiomakalu.com || 021-522512


रामनवमीको अवसरमा पूर्व राजाको शुभकामना सन्देश


रामनवमीको अवसरमा पूर्व राजाको शुभकामना सन्देश
काठमाडौ चैत २३ गते । पूर्व राजा ज्ञानेन्द्र शाहले रामनवमीका अवसरमा शुभकामना दिएका छन् । शुभकामना दिदैँ रामनवमीले सबैकाे हित गर्न सकुन् भन्ने कामना गरेका छन् । उनले शुभकामना सन्देशमा आजको दिनले त्यागशीलता, मर्यादा तथा लोक मान्यता गुणको सम्झाउन गराउने बताएका छन्।

शाहको शुभकामना सन्देश

त्रेता यूगमा यो धरतीमा लोक हितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ।

परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी हो । त्यसैले भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकताको रुपमा देखापरेको छ ।

रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भुलोकमा सबैलाई 'सबैको हित गरौं' भन्ने दिव्य आदर्श दिन सकोस् यही मेरो कामना छ ।
जय नेपाल ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget