Websoft University

www.radiomakalu.com || 021-522512


भ्रष्टाचार रोक्न राष्ट्रिय सदाचार नीति बनाइँदै

मस्यौदा निर्माणको जिम्मा पूर्वसचिव त्रिताल र बञ्जाडेलाई


काठमाडौं,चैत ३० गते   । नयाँ स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटेको सरकारले सबै प्रकारका भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि राष्ट्रिय सदाचार नीति लागू गर्ने भएको छ । यस्तो सदाचार नीतिको मस्यौदा तयार पार्नका लागि सरकारले कार्यदल गठन गरेको छ ।

सदाचार नीतिको मस्यौदा बनाउने जिम्मेवारी पूर्वसचिवहरु सारदाप्रसाद त्रिताल र मोहन बञ्जाडेलाई दिइएको छ । दुवै पूर्वसचिवहरुले पदमा रहँदा आर्थिक र नीतिगत पारदर्शिता देखाएको भन्दै मुख्यसचिव सुवेदीको पहलमा यो कार्यदल बनाइएको हो ।


कार्यदललाई राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ । कार्यदलले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रबर्धनका लागि हालसम्म सरकारले लागु गरेको ऐन, नियम, कानून, नीति, रणनीति तथा कार्ययोजनाको संकलन, अध्ययन तथा विश्लेषण तथा कार्यान्वयन पक्षको विश्लेषण गर्नेछ ।

यस्तै कार्यदलले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रबर्धनका लागि अन्तराष्ट्रिय असल अभ्यासहरुको पहिचान गरी नेपालको निम्ति उपयुक्त हुने विषयहरु सिफारिस गर्नेछ ।

सरकारले कार्यदललाई राज्यको पुनर्संरचनासँगै तल्लो तहसम्म पुग्ने अधिकार, स्रोत र साधनमा सदाचार प्रवर्धनका लागि अवलम्बन गर्नुपर्ने नीति र खाकाको मस्यौदा पेश गर्ने निर्देशन दिएको छ ।

नीतिको मस्यौदा तयार गर्दा कार्यदलले सार्वजनिक, निजी, गैरसरकारी तथा सहकारी क्षेत्र समेतको आधारभूत मूल्य र मान्यता पहिचान गरी त्यसको छुट्टा छुट्टै विश्लेषण गर्नेछ ।

कार्यदलले शासकीय व्यवस्थाका सबै पक्षहरुका पदाधिकारीहरुले अवलम्बन गर्नुपर्ने व्यावसायिक निष्ठा र सहयोगी व्यबहारका उपायहरु पहिचान गर्नेछ । त्यसका आधारमा नीतिको मस्यौदा प्रस्ताव गर्ने कार्यदलका सदस्य शारदाप्रसाद त्रितालले अनलाइनखबरलाई जानकारी दिए ।

त्यस्तै माग र आपूर्ति पक्षलाई समेटी शासकीय व्यवस्थाका सबै पक्षहरु सार्वजनिक, निजी, गैरसरकारी संस्था समेतका लागि एकीकृत रुपमा सदाचार नीतिको खाका तयार गरी सो को मस्यौदा पेश गर्न भनेको छ ।

कार्यदलले नेपालमा भ्रष्टाचार र अनियमितताका सबै सार, रुप र रङ्गको नियन्त्रण गर्न, माग र आपूर्ति दुबै पक्षलाई समेट्न तथा खण्डीकृतको सट्टा एकीकृत रुपमा राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार गर्नेछ ।

यसैवीच कार्यदलले राष्ट्रिय सदाचार नीतिका लागि आ-आफ्नो सुझाव दिन आहृवान गरेको छ । कार्यदलका सदस्यहरुले कार्यदललाई सम्पर्क गरी सदाचार नीतिमा सुझाव दिन आहृवान गरेको हो ।-अनलाइनखबर
बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget