Websoft University

www.radiomakalu.com || 021-522512


पुलिसलाई स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश


पुलिसलाई स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश

इलामः विभागीय टोली त्रिभुवन आर्मी इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई २-० गोलले पराजित गर्दै आर्मीले अन्तिम दुईमा स्थान सुरक्षित बनाएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा टंक बस्नेत र सन्तोष तामाङले गोल गर्दै आर्मीलाई विजयी बनाए । इलामको ठूलो टँुडिखेलमा भएको खेलमा टंक बस्नेतले ४२ औं मिनेटमै टोलीलाई १-० ले अगाडि बढाएका थिए । फ्रिकिकमार्फत आएको क्रसलाई पुलिसका गोलरक्षक रोशन खड्काले पन्च गरेको बल डिबक्सनजिक रहेका बस्नेतकै अगाडि पुगेको थियो, जसलाई उनले हेडिङमार्फत गोलमा परिणत गराएका थिए । त्यसपछि खेलको ७२ औं मिनेटमा सन्तोषले गोल गरेपछि खेलमा आर्मीको जित २-० ले पक्का बनेको थियो ।
चोटग्रस्त नियमित स्ट्राइकर भरत शाहविना मैदानमा उत्रिएको पुलिस बुधबारको खेलमा केही दबाबमा देखिएको थियो । क्वार्टरफाइनलमा मनाङ-मस्र्याङ्दीविरुद्धको खेलमा महत्वपूर्ण गोल गरेका अभिषेक रिजालले आर्मीविरुद्धको खेलमा आशातित प्रदर्शन दिन सकेनन् । पुलिसले खेलमा प्राप्त केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । पुलिसका केही राम्रा प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले विफल तुल्याइदिए ।
पुलिसका रवि पासवान, निरकुमार राई र जुमानु राई केही राम्रा अवसरमा चुकेका थिए । सेमिफाइनल खेलमा पुलिसका खेलाडीबीच तालमेलको अभाव देखिएको थियो । दोस्रो हाफको ६३ औं मिनेटमा पुलिसले उत्कृष्ट अवसर सदुपयोग गर्न सकेन । डिबक्सभन्दा केही बाहिरबाट भोला सिलवालले चलाखीपूर्ण तरिकाले प्रहार गरेको बललाई कसैले सदुपयोग गर्न सकेन ।
लगत्तै मिलेको अर्काे अवसरमा आर्मी पनि गोल थप्नबाट चुकेको थियो । टंक बस्नेतको क्रसमा भरत खवास गोलबाट निकै नजिक पुगेर रोकिए । पुलिस खेलको ६९ औं मिनेटपछि थप दबाबमा परेको थियो । आर्मीका राजीव गुरुङलाई फल प्रहार गरेपछि हेम तामाङले सिधै रातो कार्डमा मैदान छाडेका थिए । १० जनामा सीमित भएको पुलिसको खेलमा फर्कने योजना समाप्त भएको हो ।
आर्मीले खेलको अन्त्यतिर प्राप्त पेनाल्टी अवसरलाई भने सदुपयोग गर्न सकेन । पुलिसका गोलरक्षक रोशनले आर्मीका स्ट्राइकर भरत खवासलाई लडाएपछि प्राप्त पेनाल्टीमा आर्मी गोल गर्नबाट चुकेको थियो । भरत आफैंले प्रहार गरेको पेनाल्टीलाई पुलिसका गोलरक्षक रोशनले नै रोकिदिएका थिए । आर्मीका विमल पाण्डे म्यान अफ दी म्याच चुनिए ।
आर्मीले उपाधिका लागि एपिएफ र झापा-११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । गत वर्षको विजेता झापा-११ र उपविजेता एपिएफ बिहीबार प्रतिस्पर्धा गर्दै छन् ।- तोयानाथ भट्टराई , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget