Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तह निर्वाचनः अस्थिरता हटाउनेलाई मात्र भोट

स्थानीय तह निर्वाचनः अस्थिरता हटाउनेलाई मात्र भोट

नुवाकोट, चैत  २७ गते  ।   स्थानीय तहको निर्वाचनको मिति नजिकिदैँ जाँदा नुवाकोटका चोक, चौतारो र चियापसलमा हुने जमघटमा दलका नेता-कार्यकर्ताबीच कसले टिकट पाउँछ ? कसले निर्वाचन जित्छ ? भन्नेमा बहस हुन थालेको छ ।
नुवाकोटमा प्रमुख राजनीतिक दलहरुले स्थानीय चुनावलाई केन्द्रीत गरेर संगठन विस्तारदेखि चुनाव केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् । विदुर र वेलकोटगढी नगरपालिका र १० गाउं पालिका रहेको नुवाकोटमा एकलाख ८९ हजार मतदाता रहेका छन् ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीको लागि नुवाकोटका राजनीतिक दलहरु चुनाव केन्द्रीत कार्यक्रममा जुटेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरु संगठन विस्तार र चुनावी प्रचारप्रसार अभियानमा निकै जुटेका छन् ।
मतदाताहरु विद्यमान १५ वर्षदेखिको अस्थिरता हटाएर विकास निर्माण तथा जनताको पक्षमा लाग्नेलाई मत दिने निष्कर्षमा पुगेका छन् । पन्चकन्या गाउँपालिकाको कविलासका जगन्नाथ मिश्रले १९ वर्षदेखि स्थानीय तहको निर्वाचन नभएको अवस्थामा मतदान गर्न आतुर रहेको बताउँछन् । ‘हामीले निर्धक्कसंग विकास निर्माणका कुरा हाम्रा प्रतिनिधिसंग राख्न पाएका छैनौ, यसकारण अस्थिरता हटाएर गाउँमै केन्द्रीत नेतालाई चुन्ने हाम्रो योजना छ' उहाँले भन्नुभयो ।
यस्तै, वेलकोटगढी नगरपालिकाकी वृद्धा निमकुमारी पौडेल पनि महिलाका विषयलाई प्राथमिकता दिने उम्मेदवारलाई मत दिने वताउनुभयो । विदुर नगरपालिका वडा नं. ५ देवीघाटकी नानु नेपाली जनतालाई विकास निर्माण गर्दा समावेशी धारणा अपनाउनेलाई मतदान गर्ने वताउनुभयो ।
नुवाकोटको नयाँ नगरपालिका बेलकोटगढी र १० वटा गाउँपालिकामा एमालेका ६ दर्जनभन्दा बढी नेता-कार्यकर्ता उम्मेदवार भन्ने होडमा पार्टी कार्यालयदेखि केन्द्रीय कार्यालय र नेताको घरघरमा आफ्नो पक्षमा माहोल सिर्जना गर्न व्यस्त छन् । नयाँ संरचनाअनुसारको बेलकोटगढी नगरपालिकाको मेयरका लागि वासुदेव कडुवाल, विष्णु लोहनी, ठाकुर पुडासैनी, सुदर्शन नेपाल, राजेन्द्ररमण खनाल, विन्दा नेपाल, माधवप्रसाद गजुरेल, नारायण नेपाल, यमप्रसाद खतिवडा, गणेश खतिवडालगायतको नाम चर्चामा छ ।
नेपाली कांग्रेसको तर्फबाट एसके नेपाल, प्रताप लामा, भुपेन्द्र बानिया, वैकुण्ठ पाण्डेलगायतको नाम चर्चामा रहेको छ । नेकपा माओवादी केन्द्रबाट पूर्व सभासद् विमला सुवेदीदेखि मुकुन्द पौडेल, जगतबहादुर लामाको नाम चर्चामा रहेको छ ।
यस्तै विदुर नगरपालिकाबाट नेकपा एमालेबाट आधा दर्जन नेताहरु आकांक्षी देखिएका छन् । एमालेतर्फबाट मेयरका लागि हाल जिल्ला कमिटीका सचिव बुद्धि प्रधान, जिल्ला सदस्य सञ्जु पण्डित, सुर्यवहादुर कणेल, शरण उत्सुक सापकोटा, पार्वती प्याकुरेल, नारायणबहादुर खनाल, रामकृष्ण राजभण्डारीलगायतको नाम चर्चामा छ ।
कांग्रेसको तर्फबाट उम्मेदवारमा धु्रवप्रसाद अधिकारी, रामप्रसाद जोशी, सुरेन्द्रराज अधिकारी, विन्दा अर्याल, विष्णु आचार्य, हरिकृष्ण श्रेष्ठ, हरिलाल श्रेष्ठ, मोहनबहादुर खड्का, फैसिंह तामाङ, शिवप्रसाद गजुरेललगायतको नाम चर्चामा रहेको छ । माओवादी केन्द्रको तर्फको विदुरको मेयरका लागि पार्टी अध्यक्ष हिरानाथ खतिवडाले समेत रुचि देखाएका छन्।
अध्यक्ष खतिवडाबाहेक लीलानाथ न्यौपाने, राजेन्द्र महर्जन, नारायणबहादुर पाण्डे, सन्तोष रिजाल, सुभद्रा नेपाल, मधु दवाडीको नाम चर्चामा छ । संसद्को चौथो ठूलो दल राप्रपा नेपाल र राप्रपा एकीकरणपछिको गाई चिन्ह लिएको राप्रपाको पनि विदुर नगरपालिकामा विष्णुप्रसाद सापकोटा, पूर्णलाल श्रेष्ठलगायतको नाम मेयरका उम्मेद्वारको चर्चामा रहेको छ ।
नयाँ शक्ति नेपालको पनि विदुर नगरमा मेयरका लागि नवराज ढुङ्गाना, चेतनाथ अधिकारी, भीमलाल तामाङ, शर्मिला थापामगरलगायतको नाम चर्चामा रहेको छ । यसैवीच, नेकपा एमाले नुवाकोटले विभिन्न गाउँपालिकामा वडा कमिटि विस्तारको कामलाई तिब्र बनाएको छ ।
युवालाई उम्मेदवार वनाउन माग
नुवाकोटका युवाहरुको समूहले स्थानीय तहको निर्चाचनलाई लक्षित गर्दै युवा अभियान सञ्चालन गरेका छन् । युवाहरुले २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा युवालाई निर्वाचनमा उम्मेदवार बनाउन आग्रह गरेका छन्।
नेपाली कांग्रेसमा आस्था राख्ने नेविसंघ, तरुण दल, नेकपा एमालेको युवा संघ, अनेरास्ववियु, माओवादी केन्द्रको वाइसीएल, राप्रपाको राप्रविसंघले स्थानीय तहको निर्वाचनमा युवा सहभागिता हुनु पर्ने माग गरेका छन् । ६० प्रतिशत युवा उम्मेदवार हुनु पर्ने उनीहरुले माग गरेका छन् ।
देशको भविष्य युवासँग जोडिएकोले गाउँको विकासमा पनि युवाको नेतृत्व हुनुपर्ने माग उनीहरुको छ । नेपाल बिद्यार्थी संघका सचिव शंकर पाण्डे, नुवाकोट उद्योग बाणिज्य संघका सदस्य उप्रेन्द्र बुढाथोकी, सरकारी कर्मचारी मछिन्द्रनरसिंह प्याकुरेल, सञ्चारकर्मी, नमराज सुबेदी, नेविसंघका नेता अच्युतराज महन्त गिरी, क्रिकेट संघका दुर्गाराज पाठक समेत अभियानमा सहभागी छन् ।
युवाहरुको टोलीले विभिन्न समुदायमा पुगेर युवाको नेतृत्वको आवश्यकता र औचित्यका बारेमा प्रस्ट्याई रहेका छन् । विदुर नगरपालिकाको समुन्नत विकासका लागि युवाहरुले नेतृत्व गर्न पाएमा ५ बर्ष भित्रका बिदुर नगरपालिकालाई नमूना नगरपालिकाको रुपमा विकास गरिनेसमेत दावी गरेका छन् ।
युवा अभियानले गरेको परिकल्पनामा विदुर नगरपालिकालाई आधुनिक सुविधा सम्पन्न सहरको रुपमा विकसित गरिनेसमेत उल्लेख गरिएको छ । सरकारी कार्यालयको बेतिथिबाट आजित भएका नगरवासीलाई पाँच बर्षभित्रमा हरेक प्रशासनिक निकायमा सदाचार, कार्य सम्पादनमा सहजता र स्थानीयको पहुँचलाइ सहज बनाउने बिषय परिकल्पनामा समेटिएको छ ।-अन्नपूर्ण बाट देवचन्द्र भट्ट,

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget