Websoft University

www.radiomakalu.com || 021-522512


टीकापुरको मेयर र उपमेयरको उम्मेदवारका लागि कांग्रेसले माग्यो आवेदन



कैलाली, चैत २६ गते । आसन्न स्थानीय तहको निर्वाचनको तिथि नजिकिँदै जाँदा राजनीतिक दलको सक्रियता बढ्न थालेको छ । दलहरूमा नेतृत्वका लागि आंकाक्षीहरूले कसरत समेत शुरू गर्न थालेका छन् ।


सत्तारूढ नेपाली कांग्रेसले टीकापुर नगरपालिकाको मेयर र उपमेयरका लागि आकांक्षीहरूसँग आवेदन माग गरेको छ । कांग्रेसले मेयर र उपमेयरका आकांक्षीहरूका लागि क्रमशः ७ हजार र ५ हजार निवेदन दस्तुर समेत तोकेको छ । दलभित्र उम्मेदवार छान्न आवेदन मागिएको सम्भवत यो पहिलो पटक हो ।

अहिलेसम्म टीकापुर नगरपालिकामा मेयरका लागि १२ र उपमेयरका लागि ६ जनाले पार्टी कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

मेयर लागि निवेदन दिनेहरूमा केशरी बिष्ट, जङ्गहादुर साउँद, राजकुमार हमाल, नृपबहादुर खड्का, धीजराज रेग्मी, जगतबहादुर सिंह रावल, धनबहादुर शाही, टेकेन्ऽ धामी, गोरबहादुर खड्का रहेका छन् । यस्तै जोधीप्रसाद चौधरी, मृगेन्ऽ बिष्ट र नवराज रावल पनि आवेदन दिएका छन् ।

उपमेयरका लागि कल्पना उपाध्याय, कीर्तिसिंह बम, तेजशङ्कर भट्ट, चेतमान केसी, मीना खड्का र थर्कबहादुर शाहले आवेदन दिएका छन् ।

त्यस्तै प्रतिपक्षी नेकपा एमालेमा समेत टीकापुर नगरपालिकाको मेयरका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । एमालेभित्र मेयरका लागि श्याम खत्री, तपेन्ऽ रावल, भैरव रावल, भीमराम चपाईं, रत्नप्रसाद सञ्ज्याल र श्यामराज पाण्डेय आकाँक्षी देखिएका छन् भने अन्य दल आन्तरिक गृहकार्यमा जुटेका छन् ।-दीपक उपाध्याय, अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget