Websoft University

www.radiomakalu.com || 021-522512


विश्व बैंकमा नेपालको प्रशंसा

विश्व बैंकमा नेपालको प्रशंसा


वासिंगटन डिसीः चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर ६.५ हुने भनि गरिएको प्रक्षेपणको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ । बिहीबार संयुक्त राज्य अमेरिकाको वासिंटन डीसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको नामै लिएर आर्थिक वृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाई बधाइ दिनुभएको छ ।
नेपालको आर्थिक विकासलाई तीव्र बनाउन आईडीए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने उहाँले जानकारी दिनुभयो । विश्व बैंकले अन्तर्राष्टिय विकास संस्था (आईडीए) कार्यक्रमअन्तर्गत विकासोन्मुख देशलाई सहयोग गर्दै आएको छ ।
यसले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तर्राष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुन्ठ अर्यालले बताउनुभयो ।
सोही बैठकमा सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाललाई नेपालको आर्थिक वृद्धिदर उच्च हुने अवस्थामा रहकोमा नेपालका अर्थमन्त्रीलाई बधाइ सुनाइदिन आग्रह गर्नुभएको छ, । - अन्नापूर्ण  बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget