Websoft University

www.radiomakalu.com || 021-522512


पानी भर्सेस पानीयुक्त फलः कुन फाइदाजनक ?




हाम्रो शरीरलाई दैनिक कति पानी आवश्यक हुन्छ ? ८ वा १० गिलास । तर, यत्तिका पानी कसरी शरीरमा ग्रहण गर्ने ? अनभिज्ञ छौं। एक अध्ययनले के देखाएको छ भने, हाम्रो शरीरलाई दैनिक आवश्यक पर्ने पानीको मात्रा खानाको माध्यामबाट पूर्ति हुनुपर्छ ।


अध्ययनले देखाएको छ, धेरै पानी मात्र पिउदा फाइदा भन्दा बढी बेफाइदा छ । किनभने हामीले पिएको पानीले शरीरको भिटामिन र मिनरल्स पिसाबबाट बाहिर निकाल्छ । त्यो भए के पानी नपिउने त ?

होइन, शरीरलाई आवश्यक पानी पिउनैपर्छ । तर, पानीभन्दा पानीयुक्त फल सर्बोत्तम हो । जुन फलमा पानीको मात्रा बढी हुन्छ, त्यसैले शरीरलाई चाहिने पानीको आवश्यक्ता पुरा गर्छ ।

– पानीयुक्त फल सेवन गर्दा क्रसम शरीरलाई चाहिने पानी पुग्छ । यसले सधै शरीरलाई पानीको अभाव टारिरहन्छ ।

– फल मात्र होइन, सागसब्जीमा पनि पानीको मात्रा हुन्छ । त्यसले शरीरमा पानीको आवश्यक्ता पुरा गर्छ ।

– पानीयुक्त फल र सब्जीले प्रोटिन, मिनरलस, भिटामिन र नुनको मात्रा पनि शरीरमा पुरा गर्छ ।

कुन फल तथा सब्जीमा पानीको मात्रा कति

स्याउ (८४ प्रतिशत पानी)
स्याउमा यस्तो तत्व हुन्छ, जसले शरीरमा पानीको मात्रा पुरा गर्छ र भोक पनि लाग्दैन । स्याउमा ८४ प्रतिशत पानी हुन्छ । स्याउको सेवनले अनावश्यक धेरै खानाको भारबाट पनि पाचन प्रक्रियालाई जोगाउँछ ।

केरा (४७ प्रतिशत पानी)
केराको सेवन पनि लाभदायक हुन्छ । यसमा ७४ प्रतिशत पानी हुनका साथै क्याल्सियम, पोटाशियम हुन्छ । यसले जोर्नीको दुखाई हुन दिदैन ।

बैगुन (९२ प्रतिशत पानी)
बैगुनमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ । यसमा फाइबरमो मात्रा उच्च हुन्छ, जसले पाचन यन्त्रलाई चुस्त बनाउन सहयोग गर्छ ।

कांक्रो (९५ प्रतिशत पानी)
गर्मीमा कांक्राको सेवन एकदमै उपयोगी हुन्छ । यसमा ९५ प्रतिशत पानीको मात्रा हुन्छ । साथै भिटामिन-सि, फाइबरको पनि स्रोत हो यो ।

अंगुर (९२ प्रतिशत पानी)
अंगुरमा ९२ प्रतिशत पानी हुन्छ । यसमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।

खरबुजा (९० प्रतिशत पानी)
खरबुजामा ९० प्रतिशत पानी हुन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ, जसले तौल घटाउनमा पनि सहयोग गर्छ ।

भुँइकटहर (८७ प्रतिशत पानी)
यसमा पानीको मात्रा ८७ प्रतिशत हुन्छ । साथै एन्टी इन्फ्लमेटरीको पनि स्रोत भएकाले जोर्नीको दुखाईमा राहत दिन्छ ।-अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget