Websoft University

www.radiomakalu.com || 021-522512


डीआईजी नवराज सिलवाल पक्राउ

डीआईजी नवराज सिलवाल पक्राउ

काठमाडौं, वैशाख ११  गते ।  नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ परेका छन् ।  सिलवाललाई छानबिन टोलीसहित प्रहरी गणले वरिष्ठ अधिवक्ता शम्भु थापाकोे घरमा कानुनी परामर्शका लागि छलफल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
सिलवालले कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेको आशंकामा उनीमाथि छानविन भइरहेको छ । तर छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् । त्यस्तै केही दिनअघि आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।
 प्रहरी हेडक्वाटरका प्रवक्ता सर्वेन्द्र खनालले प्रक्राउ गरेको नभई बयानका लागि बोलाएको बताउनुभयो । ‘ पक्राउ गरिएको होइन, सोधपुछका लागि बोलाइएको हो' उहाँले भन्नुभयो । प्रहरीले सिलवाईलाई अपराध अनुसन्धान शाखामा राखेर बयान लिइरहेको छ । -अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget