Websoft University

www.radiomakalu.com || 021-522512


मधेसवादी दलले जनतालाई अल्मल्याए: ओली


 मधेसवादी दलले जनतालाई अल्मल्याए: ओली
काठमाडौं  चैत २५ गते ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका जनतालाई अल्मल्याइरहेको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको २९ औँ स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार–२०७३ र जनसांस्कृतिक युवा पुरस्कार–२०७३ वितरण समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो,'देशलाई सङ्क्रमकालबाट पार लगाउन तीन तहको निर्वाचन गर्नुको सट्टा मधेसवादी दलले जनतामाझमा विभिन्न नचाहिने कुरा गरेर अल्मल्याइरहेका छन्।'
देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको भन्दै अाेलीले त्यस्ताे प्रयासलार्इ एमालेले सफल हुन नदिने बताउनुभयाे। उहाँले देश गरिबी हुनु पर्ने कुनै कारण नभएको बताउनुभयो ।
केही व्यक्तिका कारण देश गरिबी भएको उल्लेख गर्दै उहाँले हिजोको जस्तो चुनौती आजका दिनमा नभएको स्पष्ट पार्नुभयो ।
'हिजोको चुनौतीजस्तो आजका चुनौती सजिलैसँग समाधान गर्नेखालका छैनन्,' उहाँले भन्नुभयो,'पहिलेको जस्तो अबका दिनमा अलिअलि गल्ती गर्नुहुँदैन, देश बनाउनका लागि गति बढाउनुपर्दछ।' रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget