Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन कार्यालयमा तोडफोड गर्न खोजेपछि झडप, १५ कार्यकर्ता पक्राउ


निर्वाचन कार्यालयमा तोडफोड गर्न खोजेपछि झडप,  १५ कार्यकर्ता पक्राउ
जनकपुरधाम चैत २१ गते ।  निर्वाचन कार्यालय धनुषा घेराउ गर्न गएका नयाँ शक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालले आफ्नो पार्टीलाई चुनाव चिन्ह उपलब्ध गराउनुपर्ने माग सहित देशभरिका जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय सहित धनुषामा पनि कार्यालय घेराउ गरेका थिए ।
कार्यालय घेराउ गर्ने क्रममा पार्टीका कार्यकर्ताहरुले कार्यालयको बोर्ड तोडफोड गर्ने प्रयास गर्दा १५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको हो ।
पक्राउ पर्ने नेता कार्यकर्ताहरुमा तारा महतो, रुबी मिश्र, आमना खातुन, रमेश यादव, मोहन झा, रघुनाथ साह, विजय भगत, हेमा झा, सुरेन्द्र यादव, प्रशांत झा, भरत साह, सुमन ठाकुर, अजय कुमार दास, नरेन्द्र विक्रम साह र मो. साहिल खान लगायतलाई पक्राउ गरिएको हो ।
पार्टीका नेता कार्यकर्ताहरु आक्रोशित भई नाराबाजी गर्दा प्रहरीले हस्तक्षप गरेपछि केही बेर सो क्षेत्रमा झडपको अवस्था समेत सृजना भएको थियो ।-मनिका झा , अन्नपूर्णबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget