Websoft University

www.radiomakalu.com || 021-522512


दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते

दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते

लहान ,बैशाख  ६ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित सडकमा आज बिहान यात्रुवाहक बस पुलमा ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक यात्रु घाइते भएका छन् । काठमाडाँैबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नंको फिफा बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्ँिटदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उहाँको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget