Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ आइजीपी नियुक्त गर्ने कसरतमा प्रधानमन्त्री


नयाँ आइजीपी नियुक्त गर्ने कसरतमा प्रधानमन्त्री

काठमाडौं चैत २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गर्ने कसरतमा जुटनु भएको छ । मन्त्रिपरिषदको सोमबार अपरान्ह सिंहदरवारमा बस्ने बैठकबाट नयाँ आइजीपी नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डले कसरत गर्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र मुख्यसचिव सोमलाल सुवेदीलाई आफनै सरकारी निवास बालुवाटारमा बोलाएर छलफल गर्नु भएको छ । अनिश्चित बनिरहेको मन्त्रिपरिषद बैठक गृहमन्त्री निधि र मुख्य सचिव सुवेदीसँगको परामर्शपछि बस्ने सुनिश्चित भएको बालुवाटार स्रोतले जनाएको छ । गृहमन्त्री निधिले आफूलाई बरिष्ठ उपप्रधानमन्त्री नबनाएसम्म मन्त्रिपरिषद बैठकमा सहभागी नहुने र आफना एजेण्डा प्रधानमन्त्री र मुख्य सचिवलाई बैठक अगाडि नै दिने बताउँदै आउनु भएको छ ।
एक महिना अगाडि डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो भने उपप्रधानमन्त्री निधि र कमल थापाको वरियता विवादका कारण एक महिनादेखि मन्त्रिपरिषदको बैठक पनि बस्न सकिरहेको छैन ।
स्रोतका अनुसार मन्त्रिपरिषदले डीआइजीद्धय नवराज सिलवाल र प्रकाश अर्याल मध्ये एकलाई नयाँ आइजीपी बनाउने संभावना छ । अर्यालका पक्षमा समर्थन जुटाउन मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने स्रोतले जनाएको छ । देउवासँग टेलिफोनमा छलफल गरेर भएपनि प्रधानमन्त्री प्रचण्ड नयाँ आइजीपी सोमबारकै मन्त्रिपरिषदबाट नियुक्त गर्ने प्रयासमा छन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget