Websoft University

www.radiomakalu.com || 021-522512


फागु जातीय विविधताको अनुपम सङ्गम’

Bidya-Devi-Bhandari

काठमाडौँ, फागुन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरूमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिनुहुँदै विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ ।
मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा सम्वद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्वसमेत रहेको उहाँको भनाइ छ ।
राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले रङहरूका पर्वको रूपमा मनाइने नेपालीहरूको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।
होली पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले सप्तरङ्गी जस्तै रङ्गीन नेपाली समाजलाई एकसूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।
पहाड तथा तराई–मधेशमा भव्यताका साथ मनाइने यस पर्वले शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने सन्देश पनि दिएको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपालीमा रहेको अविश्वास हटाउँदै २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गर्न सबैलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक भएको बताउनुभएको छ ।
फागुपूर्णिमाको अवसरमा प्रधानमन्त्री दाहालले आज एक शुभकामना सन्देश दिँदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गर्नुभएको छ ।
विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गरिएको स्पष्ट पार्दै उहाँले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गरेको बताउनुभएको छ ।
फागुपुर्णिमा (होली पर्व) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥र्याओस् भन्ने शुभेच्छा पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget