Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा



भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा
नयाँ दिल्ली (भारत),  चैत  ५ गते  । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार आफ्नो देशका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘एउटा असल अध्यता’ भएको र उहाँको सबै विषयमा ‘गहिरो ज्ञान’ रहेको भनी प्रशंसा गर्नुभएको छ ।

“अन्तर्राष्ट्रिय सम्बन्ध होस् वा अर्थतन्त्रका विषयमा होस् प्रधानमन्त्री मोदीको राम्रो ज्ञान छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याएर जित्न सक्छ तर शासन गर्न सहमति निर्माण गर्नु आवश्यक छ । प्रधानमन्त्री मोदीको यो पक्ष पनि साह्रै सबल छ ।” भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बैठकका अवसरमा भारतीय राष्ट्रपति मुखर्जीले भन्नुभयो ।

मोदीजीसँग कुनै पनि विषयमा बहस गर्ने वा समस्याको समाधान निकाल्ने आफ्नै शैली छ र यसमा हामीले उहाँलाई प्रशंसा गर्नुपर्छ । “म भारतीय प्रजातन्त्रको एक हिस्सा हुँ । म आम जनताको हिस्सा हुँ र यसका कानुनी आधारमा निहीत रहन चाहन्छु ।” राष्ट्रपति मुखर्जीले बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ को निर्वाचनबाट लामो समय सत्तामा रहेको भारतीय कँग्रेस पार्टीको ठाउँमा सत्तामा आउनु भएको हो । कँग्रेस नेतृत्वमाथि विभिन्न भ्रष्टाचार, अनियमितताका आरोप लागेको समय भारतीय जनता पार्टीलाई ठूलो बहुमत दिलाएर सत्तामा आउनुभएका मोदीले नागरिकको मन जित्न ट्वीटरको सफल प्रयोग गर्दै मेक इन्डिया, स्वच्छ भारत, मनकी बात र सेल्फी विद डटरजस्ता अभियानको प्रयोग गर्नुभएको छ । रासस÷सिन्ह्वा

  
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget