Websoft University

www.radiomakalu.com || 021-522512


धरानलाई केन्द्र विन्दु बनाएर प्रहरीको अपरेशन



धरान , चैत्र ११ गते । धरानमा लागू श्रृंखलाबद्ध अपराधका घट्नामा बढावा आएसंगै कोशी अञ्चलको मातहतमा धरानलाई केन्द्र विन्दु बनाएर अपरेशन डेल्टा अप्रशन चलाएको छ । लागू औषधको कारोबारीको ट्राजिन्स्ट पोइन्ट, कत्ती आतंक, हत्याका श्रृंखलाहरुमा वृद्धि हुदै गएपछि कोशी अञ्चल प्रहरी कार्यालयको मातहतमा रहनेगरी कोशी अञ्चलका ६ वटै जिल्लामा यो मिशन अगाडि बढाइएको अञ्चल प्रहरी कार्यालयका प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्कीले जानकारी दिनुभयो ।

आफू आएदेखि नै धरान अत्यन्तै सुरक्षाको दृष्टिकोणले र लागू औषध कारोबारीको हिसाबले संवेदनशील क्षेत्र रहेकोले यसैलाई मध्यनजर गरी अपरेशन डेल्टा मिशनलाई अगाडि बढाइएको जानकारी दिनुभयो । चैत्र ७ गतेदेखि चलाइएको यो अपरेशनमा चैत्र ११ गते ठूलो उपलब्धी हासिल भएको उहाले जानकारी दिनुभयो । उहाले धरान १५ बाझगरामा डेरा गरी बस्ने अन्दाजी २२ बर्षीय एक युवकलाई भारी भात्रामा एभिल, डाइजिपाम लगायतका लागू औषधसहित प्रक्राउ गर्न सफल भएको बताउनुभयो ।

२ हजार २ सय ५ थान रहेको सो लागू औषध १० लाख मूल्य बराबरको रहेको उहाले जानकारी दिनुभयो । भारतीय गिरोहसंग सिधै सम्पर्क गरेर लागू औषध नेपाल भित्र्याउने काम ल्याउने काम गर्ने गरेको अनुसन्धानबाट खुलेका कारण अनुसन्धानमा बाधा पुग्ने भएकोले नाम उल्लेख नगरेको एसएपी कार्कीले बताउनुभयो ।

उहाले अपरेशनले लागू औषध, गुण्डागर्दी, हुल हुज्जत, चन्दा असुलीलाई न्यूनिकरण गर्ने बताउदै राजनीतिक आडमा गरिएको अपराध होस् यो प्रहरी सगठनभित्रकै किन नहोस् कसैलाई नछोड्ने र कारबाहीको दायरामा ल्याउने विश्वास समेत दिलाउनुभयो । प्रहरी प्रशासनलाई चुस्त दुरुस्त बनाउदै अपराध नियन्त्रणमा यो मिशनले सहयोग पु¥याउने उहाको भनाई छ ।- गोविन्द बस्नेत,पुर्बेलीन्युजबाट


  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget