Websoft University

www.radiomakalu.com || 021-522512


मोरङमा ५३ हजार नयाँ मतदाता थपिए, ३३ दल दर्ता

    

             संखुवासभा, ताप्लेजङ्ग र तेह्रथुम निर्वाचन अधिकृतमाथि कारवाही


बिराटनगर , चैत्र २ गते । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि बिराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आफ्नो काम थालेको छ । कार्यालयले अहिले मतदाता नामावली संकलन, डिजिटल कपी प्रकाशन लगायतका कामलाई तीव्रता दिएको छ ।

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसमेत स्थानीय चुनावको अभियानमा होमिन थालेका छन् । निर्वाचन आयोग पनि सँगसँगै तातेको हो । क्षेत्रीय निर्वाचन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले मोरङका सबै गाउँपालिका र नगरपालिकाबाट संकलित मतदाता नामावलीको अन्तिम प्रकाशन गर्ने कार्य भइरहेको बताए ।

‘गाउँ-गाउँबाट संकलित मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोध र डिजिटल कपी प्रकाशन गरी आगामी चैत २१ गतेपछि सबै मतदाताको नाम केन्द्रमा पठाउने गरी काम गरिरहेका छौं,’ सञ्जेलले भने ।

५३ हजार नयाँ मतदाता थपिए



क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरका अनुसार ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ लाख ९२ हजार ९ सय ५२ नागरिकले मतदाता परिचयपत्र लिएका छन् । मोरङमा दोस्रो संविधानसभा निर्वाचनमा ५ लाख ३९ हजार ५ सय १९ मतदाता थिए । जिल्लामा गत फागुन पहिलो सातासम्म ५३ हजार ४ सय ३५ मतदाता थपिएका छन् ।

यो वर्ष नियमित प्रक्रियाबाट १३ हजार ८ जना र घुम्ती शिविरबाट १४ हजार ३ सय ७४ जनाले परिचयपत्र लिएका छन् । अघिल्लो आर्थिक वर्षमा २६ हजार ५३ नागरिकले परिचयपत्र लिएका थिए ।



मोरङका निर्वाचन अधिकृतसमेत रहेका सञ्जेलका अनुसार पछिल्लो समय १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नागरिकको पनि नामावली संकलन गरिएको छ । संकलित नामावलीका व्यक्ति १८ वर्ष पुगेपछि सफट्वेयरले आफै उनीहरुको नाम निर्वाचन आयोगको क्रमसंख्यामा राख्ने व्यवस्था मिलाइएको छ ।

यो वर्ष बयरवन गाविसमा सबैभन्दा वढी ६ सय ७ जना नयाँ मतदाता थपिएका छन् । जिल्लाकै उर्लावारी-७ मा नयाँ मतदाता छैनन् भने बिराटनगर उपमहानगरपालिका- ३ मा जम्मा सात जनाले मात्र नयाँ मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।

३३ दल दर्ता, राप्रपाले गरेन

स्थानीय तहको चुनावी अभियान चलिरहेका बेला मोरङमा ३३ दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । सबै ठूला-साना दलहरुले दल दर्ता गरिसके पनि राष्ट्रिय प्रजातन्त्र पार्टी भने दर्ता हुन नआएको निर्वाचन कार्यालयका प्रमुख सञ्जेलले जानकारी दिए ।
‘पटक-पटक दल दर्ताका लागि जिल्ला अध्यक्ष लगायत विभिन्न नेता तथा कार्यकर्तालाई सुचित गर्दा पनि निवेदन आएन,’ सञ्जेलले भने ।
दोस्रो संविधानसभा निर्वाचनमा २७० निर्वाचन केन्द्र रहेको मोरङमा स्थानीय तहको निर्वाचनका लागि १ हजार ७ सय ७५ निजामति कर्मचारी र १ हजार ५ सय ६५ शिक्षकको व्यवस्था मिलाइएको छ । मोरङमा निर्वाचनका लागि आवश्यक मतपेटिका समेत तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ । 

तीन कार्यालय प्रमुख कार्वाहीमा



क्षेत्रीय निर्वाचन कार्यालय मोरङले तीन जिल्ला निर्वाचन कार्यालयका प्रमुखलाई कारवाही प्रक्रिया अघि वढाएको छ । निर्वाचनको काम चुस्त-दुरुस्त नगरेको भन्दै संखुवासभा, ताप्लेजङ्ग र तेह्रथुम जिल्लास्थित निर्वाचन अधिकारीलाई दुई ग्रेड घटुवाको सिफारिस गरिएको हो ।

सम्वन्धित कार्यालय प्रमुखहरुलाई जिल्लाको संकलित मतदाता नामवालीको विवरण पठाउन पटक-पटक ताकेता गर्दासमेत वेवास्ता गरेकाले उनीहरुलाई निजामति ऐनअनुसार कारवाहीका लागि दुई हप्ताअघि निर्वाचन आयोगमा पत्र पठाएको स्रोतले बतायो । गत असारदेखि ती कार्यालयबाट मतदाता संकलनको नयाँ विवरण क्षेत्रीय कार्यालयमा आएको छैन ।

तेह्रथुमका निर्वाचन अधिकारी गणेश अधिकारी, संखुवासभाका ऋषिकुमार दाहाल र तेह्रथुमका निर्मलकुमार राई कारवाहीमा परेका हुन् । - ध्रुव भट्टराई , अनलाइन खबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget