Websoft University

www.radiomakalu.com || 021-522512


बन्दले रुपन्देहीको जनजीवन प्रभावित



भैरहवा, फागुन २८ गते। कञ्चनपुर घटनाको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको बन्दका कारण रुपन्देही जिल्लाको जनजीवन प्रभावित भएको छ ।


जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा बन्दको प्रभाव परेको छ । यद्यपी भैरहवाको सडकमा कार्यकर्ताको उपस्थिति भने छैन ।

सडकमा कार्यकर्ताको उपस्थिति नहुँदा पनि शनिवार विदा दिनको भएको कारण पनि अधिकांश पसल र बैंक, वित्तीय, शैक्षिक संस्था लगायत बन्द नै छन् ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । मोटरसाइकल भने निर्वाध रुपमा चलेका छन् ।

बेलहिया नाका हुँदै भारतबाट नेपाल आएका यात्रुहरु नाकामा अलपत्र परेका छन् । यात्रुहरुले रिक्सामा चर्को शुल्क तिरेर गन्तव्यमा जान बाध्य भएका छन् ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget