काठमाडौं, चैत १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा बुधवार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उपप्रधानमन्त्रीद्धय बिमलेन्द्र निधि र कमल थापाको मर्यादा विवाद छताछुल्ल रुपमा देखिएको छ। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु अघिदेखि भित्रभित्रै गुम्सिएको उपप्रधानमन्त्रीको मर्यादा विवाद स्वदेश फर्कने क्रममा विमानस्थलमै छताछुल्ल भएको हो।

प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सभामुख ओनसरी घर्ती,संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका उपप्रधानमन्त्री कमल थापा,गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री बिमलेन्द्र निधि,अर्थमन्त्री समेत रहेका अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरा लहरै उभिएका थिए।निधिले थापासँग बस्न नरुचाएपछि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले महरालाई थापाको छेउमा जान सल्लाह दिए।



प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु भन्दा पहिले सत्ता गठबन्धनको प्रमुख दल काँग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई कार्यवाहक प्रधानमन्त्री बनाउन दबाब दिएका थिए भने निधिले पनि आफू नै कार्यवाहक प्रधानमन्त्री हुनु पर्ने अडान पटक पटक दोहोरयाएका थिए।थापाले पनि आफूलाई नै बरिष्ठ उपप्रधानमन्त्रीको दर्जा दिइ कार्यबाहक दिनु पर्ने अडान लिएका थिए।


![]() |
अन्नपूर्णपोस्ट बाट , तस्बिरहरु: रजेन्द्र केसी |
Post a Comment