Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेससँग पार्टी एकीकरण हुने हल्ला निराधार होः बिजय गच्छदार



विराटनगर,चैत ९ गते । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् ।


फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो’

उनले यदि आफूले कांग्रेसभित्र सम्मानजनक स्थिति बने नेपाली कांग्रेससँग पार्टी एकीकरणको सम्भावना भने जीवितै रहेको खुलासा गरे ।

उनले स्थानीय तहको निर्वाचन अघि नेपाली कांग्रेससँग एकीकरणको अवस्था नभएको पनि प्रष्ट पारे । तर प्रदेश र केन्द्रीय निर्वाचनका लागि भने समीकरण बन्न सक्ने उनले जानकारी दिए ।

एक अर्को प्रसंगमा पूर्व उपप्रधानमंत्रीसमेत रहेका गच्छेदारले आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्न संविधान कार्यान्वयन पहिलो प्राथमिकता भएको र यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए ।

अहिले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन अनिवार्य शर्त भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन अपरिहार्य भएकाले स्थानीय निर्वाचनलाई उपयोग गर्नुपर्ने बताए ।

मधेसी मोर्चा र असन्तुष्ट पक्षहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन पनि गच्छदारले पनि सरकारलाई आग्रह गरे । सरकारले प्रस्तुत गरेकेा संविधान संसोधन विधेयक परिमार्जित गरेर पारित भए मात्र निर्वाचनको वातावरण बन्न सक्ने उनको धारणा थियो ।-ध्रुव भट्टरार्इ,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget