Websoft University

www.radiomakalu.com || 021-522512


एमालेकाे मेचि– महाकाली अभियानलार्इ सुनसरीमा चेलीकाे जुत्ता प्रहार : ठाउमा एमाले बिरूद्ध प्रदर्शन : एक हजार बढी प्रहरी परिचालन



इटहरी , फागुन २३ गते। शुक्रबार बाट नेकपा एमालेले सुरू गरेकाे मेचि – महाकाली अभियानकाे तेश्राे दिन प्रदेश नं २ तर्फ प्रस्थान गर्ने क्रममा सुनसरीकाे इनरूवामा मधेशी माेर्चाकाे ठुलाे बिराेधकाे सामना गर्नु परेकाे छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी अाेली पूर्व मन्त्री लालबाबु पण्डित लगायत प्रभावसाली नेताहरू अाउदै गरेकाे खबर पाएका मधेसी माेर्चाका कार्यकर्ताहरूले साेमबार बिहानै देखी सुनसरीकाे पकली , झुम्का इनरूवा लगायतका स्थानहरूमा बिराेध जनाउदै अाएका थिए ।

बाक्लाे संख्यामा चाेक चाैकमा जम्मा भएका माेर्चाका कार्यकर्ताहरूले सुनसरीकाे झुम्का र इनरूवामा केपी वली बिरूद्ध चर्काे नारावाजी गर्दै कालाे झण्डा प्रदर्न गरेका थिए । यसै बिच एमालेकाे मेची महाकाली अभियानकाे प्रचार गर्दै हिडने गाडीमाथी संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले सुनसरीकाे इनरूवामा जुत्ता प्रहार गरेकी छिन ।



एमालेकाे अभिब्याक्तीप्रति रूष्ट देखिएकी पूर्व सभाषद यादवले बिच सडकमै एमालेकाे गुडीरहेकाे प्रचारकाे गाडीलार्इ अाफ्नाे दुवै खुट्टाकाे जुत्ता खाेलेर प्रहार गरेकी थिइन । यतिमा पनि उनकाे रिस शान्त नभएपछि उन्ले ढुंगा प्रहार गर्न खाेज्दा प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

यता एमालेले प्रदेश नं १ मा अाफ्नाे अभियान सकेर प्रदेश नं २ मा प्रवेस गर्ने क्रममा सुनसरीकाे बिभिन्न स्थानमा टागिएकाे एमालेकाे ब्यानरहरू भएकै स्थानमा मधेसी माेर्चाका कार्यकर्ताहरूले कालाे झण्डा बाधि अभियानकाे बिराेध गरेका छन ।



प्रदेश नं दुर्इकाे बिभिन्न स्थानमा हुने भिनएकाे एमाले सभा बिथाेल्न र सफल हुन नदिन माेर्चाका कार्यकर्ताहरूले साेमबार सिरहा सप्तरी ठप्प बनाएका छन भने ठाउ ठाउमा टायर बालेर प्रदर्शन समेत गर्दै अाएका छन ।

यता मधेसी माेर्चा र एमाले कार्यकर्ता बिच दाेहाेराे झडप हुने सम्भावना बढेपछि क्षेत्रीय प्रसाशन कार्यालय धनकुटाकाे निर्देशनमा पूर्वकाे इटहरी देखी प्रदेश नं २ काे बिभिन्न जिल्लाहरूकाे मुख्य स्थानहरूमा एक हजारबढी प्रहरी , र हतियार सहितका सशस्त्र प्रहरीलार्इ खटाइएकाे छ ।



- तेज बन , पूर्वेली न्युजबाट







Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget