Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचनमा पुनःनिर्माणको विषय उच्च प्राथमिकतामा




बनेपा,चैत १४ गते । काभ्रेपलाञ्चोकमा राजनीतिक दल गाउँगाउँ पसेपछि स्थानीय तहको निर्वाचनमा पुनःनिर्माणको विषयले उच्च प्राथमिकता पाएको छ ।


स्थानीय तहको निर्वाचनका लागि चुनावी माहोल बनाउन गाउँ पसेका राजनीतिक दलका लागि पुनःनिर्माणको विषय चुनावी नारा जस्तै भएको नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले जानकारी दिए ।

अध्यक्ष गौतमले पुनःनिर्माणको अनिवार्य आवश्यकता भएपछि स्थानीय तहको निर्वाचनका लागि जनतामा उत्साह देखिएको उल्लेख गर्दै जिल्लाको गाउँपालिका र नगरपालिकामा वडा भेला जारी रहेको बताए ।

नेकपा (एमाले) जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले पुनःनिर्माणको विषयले स्थानीय तहको निर्वाचनमा उच्च प्राथमिकता पाएको उल्लेख गर्दै जनताको अवस्था गाउँमा दयनीय भएको बताए ।

उनले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा भेला, प्रशिक्षण र बैठक जारी रहेको जानकारी दिँदै वालिग मताधिकारलाई प्रयोग गर्न जनतालाई आग्रह गरिएको बताए ।

नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेलले स्थानीय तहको निर्वाचनमा गाउँ जाँदा पुनःनिर्माणको विषय उच्च प्राथमिकताका साथ उठ्ने गरेको उल्लेख गरे । उनले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन लक्षित विभिन्न बैठक, भेला प्रशिक्षण जारी रहेको उल्लेख गर्दै जनतालाई निर्वाचनको महत्वबारे जानकारी गराइएको बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले निर्वाचन लक्षित विभिन्न कार्यक्रम तीव्र भएको उल्लेख गर्दै चैतको अन्तिम साताबाट मतदाता शिक्षा सञ्चालन गरिने जानकारी दिए ।

प्रमुख राजनीतिक दलसहित राप्रपा नेपाल, मजदुर किसान पार्टी, जनमोर्चा नेपाल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)लगायतका साना दल पनि निर्वाचनका लागि गाउँगाउँ पुगेका छन् ।

निर्वाचन कार्यालयमा दर्ता भएका २५ राजनीतिक दलमध्ये काभ्रेपलाञ्चोकबाट ११ वटा दल संसद्मा प्रतिनिधित्व गर्छन् । जिल्लाको पुनःसंरचनाअनुसार काभ्रेपलाञ्चोकमा सात गाउँपालिका र छ नगरपालिका छन् ।  -रासस 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget