Websoft University

www.radiomakalu.com || 021-522512


प्युठानको स्वर्गद्वारीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

 प्युठानको स्वर्गद्वारीमा जीप दुर्घटना, ६ जनाको मृत्यु



प्युठान , चैत्र ११ गते । प्युठानको स्वर्गद्वारीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट स्वर्गद्वारी मन्दिरको दर्शनका लागि जाँदै गरेको बा १ च १५६१ नम्वरको स्कारपिओ जीप शुक्रवार विहान स्वर्गद्वारी नगरपालिका–४ रुमालेमा दुर्घटना भएको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भने हुन नसकेको उनले बताए। जीप चालकसहित गम्भीर घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा लगिएको छ।

जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको छ। घटनावारे विस्तृत विवरण आउन बाँकी छ। - केशर रोका , आनपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget