Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डलाई सी जिनपिङको सुझावः भारतसँग राम्रो सम्बन्ध बनाउनोस्

'सरकार परिवर्तनले नेपाल-चीन सम्बन्धमा कुनै असर गर्दैन'



बेइजिङ,चैत ११ गते  । प्रधानमन्त्री प्रचण्डले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग करिब ४० मिनेट भेटवार्ता गरिरहँदा कुराकानीको लगभग अन्त्यतिर भारतको प्रशंग निस्कियो । तर, भारतको विरोधमा हैन, समर्थनमा ।


धेरै मानिसहरुलाई लाग्न सक्छ कि चीन र नेपालका अधिकारीहरुवीच कुराकानी हुँदा त्यहाँ भारतको विरोध हुने गर्छ । तर, बेइजिङका अधिकारीहरुले नेपाली नेताहरुसँग प्रायः सधैंजसो भन्ने गरेका छन् कि नेपालले भारतसँग राम्रो सम्बन्ध बनाइराख्न जरुरी छ । सोमबार प्रचण्ड र सी जिनपिङसँगको भेटमा पनि यस्तै कुराकानी भयो ।

चिनियाँ राष्ट्रपति सीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले अनलाइनखबरलाई प्रतिक्रिया दिँदै भने- ‘राष्ट्रपतिजीले भेटको अन्त्यतिर भन्नु भयो कि नेपालले छिमेकी भारतसँग पनि राम्रो सम्बन्ध बनाउनुपर्छ ।’

‘नेपालको सरकार परिवर्तनले असर गर्दैन’

केपी ओलीको सरकार ढलेर प्रचण्डको नेतृत्वमा सरकार बन्दाखेरि चीन असन्तुष्ट रहेको बताइने गरेको थियो । सोमबार चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले त्यस्तो कुनै अनुभूति गरेनन् ।

प्रधानमन्त्री प्रचण्डले अनलाइनखबरसँग भने- ‘राष्ट्रपति आफैंले नेपालको सरकार परिवर्तनबारे कुरा गर्नुभयो, यसरी हुने सरकार परिवर्तनले नेपाल र चीनवीचको सम्बन्धमा कुनै असर गर्दैन भन्दै उहाँले जसको सरकार बने पनि चिनियाँ सहयोग निरन्तर रहने प्रष्ट पार्नुभयो ।’

‘हामी नजिकका साथी’

चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डलाई नजिकको साथीको समेत संज्ञा दिए । सी र प्रचण्डवीचको यो भेट तेस्रोपटक भएको हो । तेस्रो पटक भेट हुँदा आफूलाई यस्तो अनुभूति भएको सीले प्रचण्डलाई बताएका थिए ।



राष्ट्रपति सीसँगको यो भेट ऐतिहासिक भएको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्रीले अनलाइनखबरसँग भने- ‘यो भेटवार्ता ऐतिहासिक भयो, भ्रमण टोलीका हामी सबैलाई लागेको छ कि यो भ्रमणबाट धेरै ठूलो उपलब्धी हासिल भएको छ । विकास र आर्थिक सहयोगका क्षेत्रमा मात्रै होइन, कमिटमेन्टका दृष्टिले पनि महत्वपूर्ण उपलब्धि भएको हामीले महसुस गरेका छौं ।’

के-के विषयमा कुरा भए ?

करिब ४० मिनेट भएको भेटको प्रारम्भमा नेपालका प्रधानमन्त्री प्रचण्डले आफ्ना कुराहरु राखेका थिए । प्रधानमन्त्रीले क्रस बोर्डर इकोनोमी, रेल्वे लिंक एवं तातोपानी नाका लगायतका विषयमा चिनियाँ राष्ट्रपतिसँग कुरा राखेका थिए ।

त्यसैगरी नेपालको पर्यटन विकास, कृषि लगायतका समग्र क्षेत्रमा चिनियाँ सहयोगका विषयमा प्रधानमन्त्रीले कुरा राखेका थिए । प्रधानमन्त्रीले भने- ‘हामीले कम्प्रिहेन्सिभ तरिकाले कुरा राख्यौं ।’

नेपालका प्रधानमन्त्रीले कुरा राखिसकेपछि चिनियाँ राष्ट्रपतिले बोलेका थिए । तातोपानी नाका खोल्ने विषयमा आफू पनि सकारात्मक रहेको राष्ट्रपतिले बताएका थिए ।

साथै सोही भेटमा राष्ट्रपति सीले स्थानीय चुनावका लागि ९ मिलियन आरएमबी सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘राष्ट्रपति सी चाँडै नेपाल आउने’

द्वीपक्षीय भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे चासो राखेका थिए । जवाफमा राष्ट्रपति सीले आफू पहिले पनि नेपाल आउन चाहेको भन्दै चाँडै नेपाल भ्रमणमा आउने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरलाई बताए ।

प्रचण्ड नेतृत्वको भ्रमण टोली सोमबार बेइजिङबाट चेङ्गदु प्रस्थान गर्नेछ । मंगलबार ल्हासाको भ्रमण गरी टोली बुधबार काठमाडौं आइपुग्ने छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget