Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरीकै संलग्नतामा काठ तस्करी


प्रहरीकै संलग्नतामा काठ तस्करी

धरान,  चैत्र  ७  गते  । प्रहरीकै संलग्नतामा सुनसरी क्षेत्रमा काठ तस्करी हुने गरेको पाइएको छ । धरान २० विष्णुपादुकाको भवानी थान सामुदायिक वन उपभोक्ता समितिबाट अाइतबार राती काठ तस्कर हुदै गर्दा समितिका पदाधिकारीहरुले काठ लोड गरेको बोलेरो गाडी सहित संलग्नलाई प्रक्राउ गरी सेक्टर बन कार्यालय धरानमा बुझाएका छन् ।

को १ च ६३८१ नम्बरको बोलेरो गाडीमा साविकको विष्णुपादुका गाविस ८ र हालको धरान २० वरडाडा भन्ने स्थानबाट विष्णुपादुका अस्थायी प्रहरी पोष्टका इन्चार्ज खेमबहादुर कुवर र प्रहरी जवान गंगा लिम्बु सहित काठ तस्करी धरान १८का विवेक लिम्बु सहित बोलेरो गाडीका चालक विराटनगर ५ का नगरेन्द्र किार्कीलाई पक्राउ गरी सेक्टर वन कार्यालय धरानलाई बुझाइएको भवानी थान सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष राजबहादुर राईले बताउनुभयो ।

विगतदेखि नै प्रहरीकै संलग्नतामा काठ तस्करी हुने सूचना पाएपछि समितिका पदाधिकारीहरुले निगरानी बढाउने क्रममा आइतबार राती १० बजे लोड गरेर लान आटेको समयमा प्रक्राउ गरिएको कोषाध्यक्ष राईले बताउनुभयो । वन उपभोक्ता समितिका पदाधिकारीहरुले काठ नियन्त्रणमा लिएको जानकारी दिएपछि प्रहरीसहित वन कार्यालयका कर्मचारी सो स्थानमा पुगेर काठ सहित संलग्नलाई पक्राउ गरी सेक्टर वन कार्यालयमा ल्याएको सेक्टर वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताउनुभयो । उहाले बोलेरोमा १९ किवी सखुवाको काठ रहेको बताउदै कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको बताउनुभयो ।-पुर्बेलीन्युज

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget