Websoft University

www.radiomakalu.com || 021-522512


च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा कुन कुन टोली पुगे



युरोपको सबैभन्दा ठूलो क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।


गएराति भएको खेलमा मोनाको र एथ्लेटिको मड्रिडले आ-आफ्नो खेलका जित निकालेसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण बनेको हो ।

च्याम्पियन्स लिगको अन्तिम ८ मा स्पेनका ३, जर्मनीका २, फ्रान्स, इटली र इंग्ल्याण्डका एक एक क्लवले स्थान बनाएका छन् ।

स्पेनको बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिड, जर्मनीको बार्यन म्युनिख र बोरुशिया डर्टमुण्ड, फ्रान्सेली टोली मोनाको, इटलीयन च्याम्पियन युभेन्टस र इंग्लिस च्याम्पियन लिसेस्टर सिटी क्वार्टरफाइनलमा पुगेका छन् ।

यसपटकको च्याम्पियन्स लिग पि्र-क्वार्टरफाइनलमा स्पेनिस टोली बार्सिलोनाले फ्रान्सेली च्याम्पियन पिएसजीमाथिको ऐतिहासिक जित निकाल्न सफल भयो । पहिलो लेगमा ४-० ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले पिएसजीबिरुद्ध ६-५ को जित निकालेको थियो ।

त्यस्तै बोरुशिया डर्टमुण्डले बेनफिकालाई समग्रमा ४-२ ले, रियल मड्रिडले नापोलीलाई समग्रमा ६-१ले, बार्यन म्युनिखले आर्सनललाई १०-२ ले, मोनाको ले म्यान्चेस्टर सिटीलाई अवे गोलले, एथ्लेटिको मड्रिडले बायर लिभरकुसेनलाई ४-२ ले, युभेन्टसले पोर्टोलाई ३-० र लिसेस्टरले सेभियालाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

च्याम्पियन्स लिगको सेमिफाइनल ड्र शुक्रबार हुनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget