Websoft University

www.radiomakalu.com || 021-522512


चेपाङलाई चुनावभन्दा खानाको चिन्ता



चितवन,चैत ४ गते    । चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरु मकै लगाउन पाएका छैनन् । लगाएको मकै कोदो सबै खाएर सकिइसक्यो ।

अहिले मेलापात गरेर उनीहरुले जीविका चलाउँदै आएका छन् । साविक सिद्धि गाविसकी ताराकुमारी चेपाङ साहुबाट दुई, चारपाथी अन्न सापटीमा लिएर खाइरहेकी छिन् । चितवनका सहरबजारमा चुनावी सरगर्मी बढिरहेका बेला यो चेपाङ गाउँमा भने खाना कै चिन्ता छ ।


स्थानीयवासी लरिमायाँ चेपाङका ६ सन्तानमध्ये चार छोरी छिन् । उनको घरमा अहिले ५,६ डोको मकै छ । मकै उब्जन समय लाग्छ । बारीको पाटो सुख्खा छ । चुनाव आउन लागेको उनीहरु कसैलाई थाहा छैन । ‘कसैले भन्या पनि छैन, कहिले चुनाव हो ?’ लरिमायाँले भनिन् ।

३९ वर्षका सूर्यचन्द्र चेपाङलाई पनि स्थानीय निकायको निर्वाचनको बारे पत्तो छैन । बजारमा चुनावी अभियान थालेपनि गाउँमा नेता कार्यकर्ता पुगेका छैनन् । ‘हामीलाई त वास्तै छैन सर, थाहै छैन, अब त्यही हो, ल चुनाव छ रे भोट हाल्नु प¥यो भनेपछि जाने हो’—सूर्यचन्द्रले भने । ‘त्यो भन्दा नी सर अनिकालले हिँड्नै सकिंदैन नी, निमेक गरेर खानुपर्छ’— उनले दुखेसो पोखे । चुनाव हुनुपर्छ भन्नेमा भने उनी दुई मत गर्दैनन् ।

ऐलानी जग्गा छ । मकै र कोदो फल्छ । तीनसाले खोरियामा अन्न उब्जाउँछन् । ४, ५ डोको भएको मकै सकिएपछि निमेक गरेर खाने उनले बताए । ‘अब पानी प¥यो भने मकै रोपिन्छ, यस्तै छ हाम्रो त सर’ —सूर्यचन्द्र भन्छन् ।

चितवनको विकट सिद्धि, कोराक, काउले, दारेचोक, चण्डिभञ्जाङ, कविलास, शक्तिखोर लोथरमा बढी चेपाङको बसोवास छ ।

यहाँका केही परिवार पछिल्लो समयमा आयआर्जनमा लागेपनि अधिकांशको अवस्था दयनीय छ । शिक्षा, स्वास्थ्य सम्बन्धी चेतना छैन । बालबालिका विद्यालय जाँदैनन् । खाना नहुँदा गिठा र भ्याकुर खोजेर खान्छन् ।

तीनसाले खोरिया फाँडेर जीविकोपार्जन गर्ने उनीहरु कतिपयको ६ महिना अनिकाल र ६ महिना सहकालमा दैनिकी चल्छ ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget