Websoft University

www.radiomakalu.com || 021-522512


क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

तेह्रथुम,  चैत १५ गते  । जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् । कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन् । पच्चीस जना .क्षमता भएका सो जिल्ला कारागारमा अहिले नौ महिला र दुई बालबालिकासहित ८७ जना कैदी र थुनुवा छन् । यसरी क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुको दैनिकी कष्टकर भएका छन् । शौचालय, भण्डार, भान्सा, आवास र खानेपानीलगायत क्रियाकलापमा उनीहरुले चर्को समस्या झेलिरहनु परेको कारागार प्रमुख उमेश घिमिरेले बताउनुभयो ।

कारागारमा ६९ जना कैदी र १७ जना थुनुवा रहकोपनि उहाँले बताउनुभयो । ‘२०२८ सालमा स्थापना भएको कारागारको भवनसमेत जीर्ण बनेको छ, अझ त्यसमाथि क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएपछि कसरी अटाउने होला ?’ उहाँले भन्नुभयो ।

कारागारको साढे चारदशक पुरानो भवन गतवर्षको भूकम्पले चर्काएको छ । भवन निर्माणका लागि गतवर्ष नै प्रक्रिया अघि बढाउन माग गरिएको भए पनि अहिलेसम्म कुनै प्रयास नभएको कारागार प्रमुख घिमिरेले बताउनुभयो ।

‘यहाँको तथ्यगत विवरण हामीले पठाएका छौँ, निरन्तर रिपोटिङ र आवश्यक कागजात समेत पठाइरहेका छौँ, तर फाइल मन्त्रालयमै अड्किएको छ,’ उहाँले भन्नुभयो । ‘भवन चर्किएको छ, मर्मतको भरमा चलिरहेको भए पनि प्रकोपजन्य घटना घटे ठूलो क्षति पनि हुनसक्छ, प्रमुख घिमिरेले भन्नुभयो ।

‘कैदीबन्दी बढी भएकाले शौचालय, भण्डार, भान्सा, खानेपानी लगायतको समस्या हुन्छ, उहाँले ‘२५ जना अटाउने ठाउँमा ८७ जना बस्नुपर्दा कस्तो होला भनी प्रश्न गर्नुभयो ? ’कारागारको व्यवस्थापनमा पटक÷पटक माग गरेपनि अझै सुनुवाइ नभएको प्रमुख धिमिरेले बताउनुभयो ।

जीर्ण र साँघुरो भवनमा जाडोका महिनामा सन्तोषजनक भए पनि गर्मी र बर्खाका महिनामा भने सास्ती हुने गरेका छन् । भवनको जस्तापाता फाटेर जताततैबाट पानी चुहिँदा बर्खाका तीन महिना बाल्टी थापेर सुत्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

अहिले पनि पानी पर्दा पानी चुहिएर बन्दीलाई सुत्ने व्यवस्था मिलाउन समस्या छ । कारागारको भवन निर्माण तथा स्थानान्तरणका लागि पटक÷पटक प्रयास भइरहे पनि गत वैशाख, भदौ र मङ्सिरमा पुनःस्थानान्तरणका लागि लेखापढी गरेर सम्बन्धीत निकायमा पठाएको प्रमुख धिमिरेले बताउनुभयो ।

‘प्रमुख जिल्ला अधिकारीदेखि क्षेत्रीय प्रशासक, विभागका प्रमुख सबैलाई समस्या सुनाएको छु, उहाँले भन्नुभयोे, ‘कति पटक मानवअधिकारकर्मीले पनि कारागार स्थलगत निरीक्षण गरेर फर्केका छन् तर यहाँको अवस्था जस्ताको त्यस्तै छ ।’

तत्कालीन प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको अगुवाइमा कारागार व्यवस्थापनका लागि म्याङलुङको खाद्य गोदाम आसपासको ९ रोपनी जग्गा दिइने सिफारिस गरिएको छ । तर अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । रासस

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget