Websoft University

www.radiomakalu.com || 021-522512


पाल्पामा गाउँपालिका केन्द्र र कार्यकारी तोकियो


पाल्पामा गाउँपालिका केन्द्र र कार्यकारी तोकियो
पाल्पा, १ चैत । स्थानीय तह कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले गाउँपालिका तथा नगरपालिकाको केन्द्र तथा प्रमुखको नाम तोकेको छ । सोमबार तानसेनमा बसेको स्थानीय विकास अधिकारीको अध्यक्षतामा बसेको गाविस सचिवहरुको बैठकले ज्येष्ठताका आधारमा निमित्त कार्यकारी अधिकृत तोकिएको छ ।

पाल्पाका आठ गाउँपालिका र दुई नगरपालिकाको केन्द्रमा नगरपालिकाको तानसेन र रामपुर केन्द्र रहेको छ भने निस्दी गाउँपालिकाको केन्द्र मित्याल, पूर्वखोला गाउँपालिकाको केन्द्र रिङ्गनेरह, रम्भा गाउँपालिकाको केन्द्र पिपलडाँडा, माथागढी गाउँपालिकाको केन्द्र झडेवा, तिनाउ गाउँपालिकाको केन्द्र दोभान, बगनासकाली गाउँपालिकाको केन्द्र चिर्तुङ्गधारा, रिब्दीकोट गाउँपालिकाको केन्द्र खस्यौली र रैनादेवी छहरा गाउँपालिकाको केन्द्र छहरा तोकिएको स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । सरकारले केही दिनभित्रै गाउँपालिका र नगरपालिकामा उपसचिवस्तरको कर्मचारी व्यवस्थापन गर्ने बताइएको छ ।

केन्द्र प्रमुखमा निस्दी गाउँपालिकामा नोलबहादुर थापा, पूर्वखोला गाउँपालिकामा वीरेन्द्रकुमार नेपाल, रम्भा गाउँपालिकामा भक्तुजङ्ग राना, माथागढी गाउँपालिकामा भरतराज घिमिरे, तिनाउ गाउँपालिकामा हरिप्रसाद पौड्याल, बगनासकाली गाउँपालिकामा कुलप्रसाद अर्याल, रिब्दिकोट गाउँपालिकामा दुर्गाप्रसाद ढकाल र रैनादेवी छहरा गाउँपालिकामा भूपाल सिंह खाम्चालाई निमित्त कार्यकारी अधिकृत तोकिएको छ । तानसेन नगरपालिका र रामपुर नगरपालिकामा भने अहिलेकै कार्यकारी क्रमशः अनिल पौडेल र थानेश्वर पराजुली रहनुहुनेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget