Websoft University

www.radiomakalu.com || 021-522512


बाजेको सेकुवा कर्नरमा अपहरणकारीले ६ घण्टा बन्धक बनाएपछि, अपहरणमा प्रहरीकै संलग्नता

bajeko-sekuwa




काठमाडौं, चैत्र ४ गते । प्रहरीले नै म्यानपावर व्यवसायीलाई अपहरण गरी फिरौती लिएको खुलेको छ । व्यवसायीलाई अपहरण गरी फिरौती लिएको अभियोगमा प्रहरी नायव निरीक्षक (सई)सहित चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सईद्वय सम्बत तामाङ र सूर्यबहादुर थापा तथा राजकुमार गुरुङ र अर्जुनकुमार लामालाई अपहरण गरी रकम लिएको अभियोगमा पक्राउ गरेको हो ।

सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत १ माघमा अपहरण गरेर फिरौती असुल गरेको खुलेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले बताए । ‘दुई महिनाअघिको घटनाको अनुसन्धान गर्दा हाम्रै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको हो, थप अनुसन्धान भइरहेको छ,’ एसएसपी अमात्यले भने ।

दुवै जना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेको खुलेको छ । फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । राजकुमार गुरुङसहितका व्यक्तिले धुम्बाराहीमा म्यानपावरसम्बन्धी व्यवसाय गर्दै आएका धनकुटा छिन्ताङ–५ का बद्री राईलाई गत १ माघमा कोटेश्वरमा बोलाई अपहरण गरेका थिए । जबर्जस्ती अपहरण गरी सिनामंगलस्थित बाजेको सेकुवा कर्नर रहेको घरको कोठामा लगी बन्धक बनाएर डर त्रासमा पारी राईको साथमा रहेको नगद लुटेका थिए । उनीहरुले राईको साथबाट दुई लाख ३० हजार लुट्नुका साथै नविल बैंक र राष्ट्रिय वाणिज्य बैंकको दुई÷दुई वटा गरी चार वटा चेकमा २५ लाखका दरले एक करोडको चेकमा हस्ताक्षर गराएका थिए ।

प्रहरी नायब निरीक्षक तामाङ, गुरुङ र धीरज गुरुङ समेतको नाममा ती चेक काट्नुका साथै उनीहरुले ल्याएको तमसुक कागजमा पीडितबाट सहीछाप गराई अपहरणमुक्त गरेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अवैध रुपमा ल्याइएको सुन लुटिएको र त्यसमा मेनपावर सञ्चालक राई निकट फुर्पा शेर्पाको हात रहेको सूचनाका आधारमा सईद्वयले भागबन्डा मिलाउन राईलाई अपहरण गरेको हुनसक्ने देखिएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) अजय केसीका अनुसार अपहरणकारीहरुले सुन लुटेरा शेर्पालाई भेटेपछि ५÷५ किलो सुन पाउने भन्दै राईलाई अपहरण गरेका थिए । व्यवसायी राईलाई उनीहरुले सो बराबरको कागज समेत गराएर छाडेका थिए ।

आफूहरु केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत प्रहरी भएकाले सुन ल्याउन फूर्वा शेर्पालाई लुकाएको, त्यो नल्याउन्जेल नछाड्ने बताएपछि राईले बाध्य भएर आफूसँग भएको नगद र नविल र राष्ट्रिय वाणिज्य बैकको चेक दिएर उम्केका थिए ।

धुम्बाराहीमा टाइगर ओभरसिज म्यानपावर सञ्चालन गर्दै आएका राइलाई सम्बत तामाङ र अर्का एक व्यक्तिले फोन गरेर कोटेश्वरमा बोलाएका थिए । त्यसपछि उनीहरुले मोटरसाइकलमा चढाएर राईलाई एयरपोर्टस्थित बाजेको सेकुवा कर्नरमा लगेर ६ घण्टा बन्धक बनाएका थिए ।

डिएसपी केसीका अनुसार सो घटना हँुदा तामाङ अपराध महाशाखाबाट गौशालामा खटिएका थिए भने थापा गौशाला वृत्तकै सादा पोशाकमा कार्यरत थिए । उनीहरुलाई शेर्पाले सुन ल्याएको र सोे सुन लुट्नुपर्छ भनेर खबर गर्ने त्रिभुवन विमानस्थलका ट्याक्सी चालक राजकुमार गुरुङ र काभ्रेका अर्जुनकुमार लामा हुन् । गुरुङले सो सुन ल्याउन शेर्पा बद्री राईको आफन्त भएकाले उनले नै लुकाएका कारण राईलाई अपहरण गरी फिरौती रकम असुल्ने योजना बनाएका थिए । ‘दुवै प्रहरी सादा पोशाकमा रहेका र उनीहरुले हत्कडी र हतियारको दुरुपयोग गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न डीएसपी अजय केसीले भने, ‘अपहरण गर्ने चारै जनाले ५\५ किलो सुन बाँड्ने उद्धेश्यसहित अपहरण गरेका हुन् ।’

उनका अनुसार राजकुमार गुरुङ फस्ने जस्तो देखिएपछि भारत जान लागेको अवस्थामा पक्राउ गरिएको थियो भने सूर्यबहादुर थापालाई हेटौंडाबाट विहिबार मात्रै काठमाडौं ल्याइएको हो । ‘अपहरणकारीसँग मिल्ने प्रहरीले अपराधबाट उन्मुक्ति पाउँदैन । त्यसैले प्रहरीलाई पनि पक्राउ गरेर थुनामा राखेका छौं,’ एसएसपी अमात्यले भने, ‘गुण्डासँग मिलेमतो गर्ने, अपहरण गर्ने तथा धम्क्याएर असुल उपर गर्नेलाई कानुनी दायरामा ल्याइन्छ ।’

राजकुमार गुरुङलाई महाशाखाले पछिल्लो पटक गुण्डागर्दीमा संलग्न हुने सूचीमा राखेको छ । उनले विदेश पठाउने भन्दै आफ्नो कन्सल्टेन्सी पनि खोलेका छन । गुरुङले पछिल्लो पटक एयरपोर्टमै टयाक्सी सञ्चालन गर्दै आएका छन् । शेर्पाले सुन ल्याएको कुरा शुरुमा काभ्रेका अर्जुनकुमार लामाले गुरुङलाई खबर गरेका थिए । गुरुङले सम्बत लामा र सूर्यबहादर थापालाई सुनाएपछि चारै जना भएर सो सुन लुट्ने योजना बनाएको महाशाखाले जनाएको छ । - टपेन्द्र कार्की , राजधानीबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget