कैलाली,चैत ८ गते । सीमा विवादमा शहादत प्राप्त गरेका शहीद गोविन्द गौतमका परिवारलाई लायन्स क्लब अफ कैलाली फारवेष्टले ५१ हजार सहयोग प्रदान गरेको छ ।
क्लबका सदस्यहरुबाट संकलन गरिएको ५१ हजार रुपैयाँ शहीद गौतमका आमा हरिदेवी गौतमलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष कविन पन्तले जानकारी दिए ।
मानवताको सेवा नै धर्म हो भन्ने मूल मान्यतालाई अंगीकृत गर्दै शहीद परिवारलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको क्लबका अध्यक्ष पन्तले बताए ।
शहीद गौतमले फागुन २६ गते कंचनपुरको पुनर्वास नगरपालिका आनन्द बजार नजिकै सीमा विवादमा भारतीय एसएसबीको गोली लागेर शहादत प्राप्त गरेका थिए ।
सरकारले गौतमलाई शहीद घोषणा र तत्काल राहत दिने भनेपनि अहिलेसम्म सरकारी पक्षबाट कुनै सहयोग नपाएको पारिवारले जानकारी दिएका छन् ।-दीपक उपाध्याय, अनलाइनखबर
Post a Comment