Websoft University

www.radiomakalu.com || 021-522512


विपन्नलाई निःशुल्क उपचारका लागि सिफारिस


विपन्नलाई निःशुल्क उपचारका लागि सिफारिस
झापा,  फागुन २७ गते  । विभिन्न सात प्रकारका जटिल रोग लागेका चार सय २२ जना विपिन्न नागरिकलाई निःशुल्क उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस गरेको छ । चालु आर्थिक वर्षको असार १७ गतेदेखि फागुन २३ गतेसम्म एक सय ८४ पुरुष र दुई सय ३८ जना विपन्न महिलालाई विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क उपचारका लागि सिफारिस गरिएको हो । जसमा दुई सय १३ जना क्यान्सरका रोगी छन् भने ५८ जना मिर्गौला रोगी रहेका छन् ।


त्यस्तै, एक सय १४ मुटु, हेड इन्जुरी एक, स्पाइनल इन्जुरी दुई, अल्जाइमर्स एक, पार्किन्सर्सका तीनजना रोगी रहेको कार्यालयले जनाएको छ । उनीहरुलाई विभिन्न स्वास्थ्य संस्थामा निःशुल्क उपचारका लागि सिफारिस दिइसकिएको जनस्वास्थ्य प्रमुख मधुसुधन कोइरालाले बताउनुभयो । खानपान र परिवर्तित जीवनशैलीले पछिल्लो समय जटिल तथा दीर्घरोगको समस्या बढ्दै गएको कोइरालाको भनाइ छ ।

औषधि पसलबाट ‘एनएसएआइडी’ ग्रुपका औषधि आफैँ मागेर खाने गरेकाले मानिसमा मिर्गौलासम्बन्धी समस्या बढ्दै गएको उहाँले बताउनुभयो । यस्ता औषधिको सेवनले मिर्गौलामा असर गर्ने भएकाले स्वास्थ्य परीक्षणपछि मात्र औषधि सेवन गर्न र पर्याप्त मात्रामा पानी पिउन उहाँले सुझाव दिनुभयो ।

हाल झापाका स्वास्थ्य चौकीबाट निःशुल्क मिर्गौलाको जाँच हुँदै आएको कार्यालयले जाएको छ । सबै स्वास्थ्य चौकीमा मिर्गौला जाँचका लागि प्रयोग हुने किट पठाइसकिएको कार्यालयका स्टोरकिपर रमेश खतिवडाले जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget