Websoft University

www.radiomakalu.com || 021-522512


सप्तरीको स्थानीय तहका कार्यालयमा मोर्चाद्धारा तालाबन्दी

 



काठमाडौं , चैत्र ४ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् ।

‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दर्जनौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले समन्वय समिति स्थित स्थानीय विकास अधिकारी सुदेव पोखरेल, प्रशासन प्रमुख सुभाष मण्डल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्षमा ताला लगाएका छन् ।

शुक्रवारदेखि जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गर्ने तयारी भईसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी दिए ।

यस्तै मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनमा नलाग्न कार्यालय प्रमुखहरुलाई आग्रह समेत गरेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget