Websoft University

www.radiomakalu.com || 021-522512


मन्त्रिपरिषद् विस्तार आज, कमल थापा उपप्रधानमन्त्री



काठमाडौं,फागुन २६ गते  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी भइरहेको छ ।


थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्नेछन् । साँझ साढे ६ बजे सपथ राखिएको छ ।

राप्रपाबाट दुईजना मन्त्री थपिएमा मन्त्रिपरिषद सदस्यको संख्या ४५ पुग्ने छ ।

अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे छन् । माओवादीको सिफारिसमा मन्त्री भएका पाण्डेलार्इ विना विभागीय मन्त्री बनाउने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

यद्यपि प्रधानमन्त्रीसँग पशुपक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी नै छ ।

यस्तै राप्रपाबाट नयाँ थपिने मन्त्रीले पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यो मन्त्रालय अहिले नेपाली कांग्रेसको भागमा छ र, जीवनबहादुर शाही मन्त्री छन् । सम्भवत शाहीलाई पनि फिर्ता नबोलाई अर्को जिम्मेवारी दिइनेछ ।

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई संविधान संशोधनका लागि दुई तिहाई बहुमत पुर्‍याउने योजनाको रुपमा लिइएको छ । मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गराए पनि प्रक्रिया अघि बढेको छैन ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget