Websoft University

www.radiomakalu.com || 021-522512


मधेसी मोर्चाको सहभागितामा तोकिएकै समयमा चुनाव हुन्छः गृहमन्त्री



बिराटनगर, चैत १४ गते । गृहमन्त्री बिमलेन्द्र निधिले सरकारले आगामी बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन तोकिएकै समयमा एकै चरणमा हुने बताएका छन् ।
पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि सोमबार मोरङ आएका गृहमन्त्री निधिले बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी मोर्चासमेतको सहमति र सहभागितामा चुनावको वातावरण बनाउनेतर्फ सरकारले तयारी गरिरहेको जानकारी दिए ।
उनले भने, ‘दुई चरणमा चुनाव गर्ने बारेमा चर्चा भइरहे पनि सरकारले एकै चरणमा गर्ने निर्णय गरिसकेको छ, त्यसका लागि सुरक्षा लगायत सबै तयारी भइसकेको छ ।’
मधेसी मोर्चाको मूख्य मागको रुपमा रहेको सीमांकन हेरफेरबारे उच्चस्तरीय आयोग बनाएर चाँडै टुंग्याउन सरकार प्रयत्नशील रहेको गृहमन्त्री निधिले जानकारी दिए ।
निर्वाचन लक्षित सुरक्षा योजना बनाउन पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठक अहिले क्षेत्रीय प्रहरी कार्यालयको सभाहलमा सुरु भएको छ ।
बैठकमा क्षेत्रीय प्रशासक, पूर्वाञ्चल प्रहरी प्रमुखसहित सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका अधिकारीहरु सहभागी छन् ।-ध्रुब भट्टराई,अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget