Websoft University

www.radiomakalu.com || 021-522512


चेल्सीलाई काहिलले जिताए, १३ अंकको अग्रता



खेलको अन्त्यतिर ग्यारी काहिलले गरेको गोलको मदतमा चेल्सीले स्टोकलाई हराएको छ र, प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।


शनिबार भएको खेलमा चेल्सीले १० खेलाडीमा सिमित स्टोकलाई २-१ ले हराएको हो । इडन हेर्जाड विना मैदान उत्रिएको भ्रमणकारी टोली चेल्सीले १३ औं मिनेटमा विलियनको फि्रकिक गोलबाट अग्रता लिएको थियो ।

३८ औं मिनेटमा स्टोकले पाएको पेनाल्टीमा वाल्टर्सले गोल गरेपछि पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफमा चेल्सीले खेलमा सुधार ल्याएपनि गोल गर्न सकिरहेकेा थिएन । तर, निर्धारित समयको खेल सकिन मात्र ३ मिनेट बाँकी छँदा काहिलले गोल गरे ।

खेलको अन्त्यतिर बर्डस्लेले दोहोरो पहेँलोसँगै रातो कार्ड पाएपछि स्टोकले १० खेलाडीमा खेल टुंग्यायो ।

जितपछि चेल्सीले १३ अंकको अग्रता लिएको छ । उसको २८ खेलबाट ६९ अंक भएको छ र, दोस्रो स्थानमा रहेको टोटनहृयामको २७ खेलबाट ५६ अंक छ । २९ खेलबाट ३६ अंक जोडेको स्टोक भने नवौं स्थानमा छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget