Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा हेपाटाइटिस ‘सी’ रोगबाट संक्रमित हुनेको संख्या बढ्दो



झापा हेपाटाइटिस संक्रमणका कारण कलेजो सुन्निने गरेको छ ।सुषुप्त हत्याराको रूपमा चिनिने हेपाटाइटिस ‘सी’ भाइरसबाट संक्रमित हुने रोग हो । यो रोगका कारण नेपालमा करिव तीन लाख मानिस संक्रमित भएको अनुमान गरिएको छ । पछिल्लो समय यो रोगको संक्रमण बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । झापामा यो रोगबाट संक्रमित हुनेहरुको संख्या यकिन नभएपनि विगतका केही वर्षयता यो रोगबाट संक्रमित हुनेको संख्या बढेर गएको बताइएको छ ।

हेपाटाइटिसको अर्थ संक्रमण वा अन्य कारणले कलेजो सुन्निनु हो । हेपाटाइटिस ‘सी’ हुँदा सुरुसुरुमा कुनै लक्षण देखिदैन पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलका मेडिकल डाइरेक्टर अनिल बस्नेतले भन्नुभयो । यसको लक्षण देखा पर्नासाथ मानिस मृत्युको नजिक पुग्छ डाक्टर बस्नेतको भनाई छ ।
नेपाल सहित ११ देशमा दुई करोड ९० लाख मानिस यो रोगबाट पीडित बनेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथ्याङ्कमा उल्लेख छ । एचआईभीबाट संक्रमित हुनेको संख्या भने साढे ३० लाख रहेको बताइन्छ ।

विश्वव्यापी रूपमा १३ करोडदेखि १७ करोड व्यक्ति हेपाटाइटिस ‘सी’ भाइरसबाट संक्रमित छन् । बर्षेनी करिब साढे तीन लाख व्यक्तिको मृत्यु हेपाटाइटिस ‘सी’कै कारण हुने गरेको डव्लूएचओको तथ्याङ्कमा उल्लेछ ।यो रोगको निदान गर्न अहिलेसम्म कुनै खोप लगाइदैन । यसलाई एन्टिभाइरल औषधिको माध्ययमले संक्रमणलाई निदान गरिने गरिएको चिकित्सकको भनाई छ ।हेपाटाइटिस सी रगत परीक्षण गरेर पत्ता लगाउन सकिने रोग हो । क्रोनिक हेपाटाइटिस ’सी’ को सम्भावना देखिए कलेजोको बायोप्सी समेत गरिन्छ । यसअन्तर्गत चिकित्सकले सियोका माध्यमले कलेजोको सूक्ष्म टुक्रा निकाल्छन् र यसको परीक्षण गर्छन् ।



यो संक्रमण हेपाटाइटिस ‘सी’ ग्रस्त व्यक्तिको रगत चढाउनाले, शारीरिक सम्बन्ध स्थापित गर्नाले र सिरिन्जको माध्यमले सर्छ । अर्थात हेपाटाइटि‘सी’संक्रमित व्यक्तिको रगतका माध्यमबाट मात्रै यो रोग स्वस्थ व्यक्तिमा सर्छ । शरीरमा टाटु खोपाउनले, अर्काको रेजर उपयोग गर्नाले समेत यो संक्रमणको सम्भावना हुन्छ । लागूऔषध उपयोगकर्ताका माध्यमबाट पनि यो रोग सर्ने गरेको बताइन्छ । त्यस्तै परिवारमा कुनै एक व्यक्ति यो संक्रमणले पीडित भए अन्य व्यक्तिलाई संक्रमित हुने सम्भावना धेरै बढी हुन्छ ।

झापामा कुनै तथ्याङ छैन

सुषुप्त हत्याराको रूपमा चिनिने हेपाटाइटिस ‘सी’ भाइरसबाट संक्रमितहुनेको तथ्याङक झापामा छैन । यो रोगबाट कति मानिस प्रभावित भएका त्यसको यकिन तथ्याङ्क नभएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताउनुभयो । उहाँका अनुसार यो रोग जटिल प्रकारको भएपनि यसको तथ्याङ राखिएको छैन । कोइरालाले भन्नुभयो–‘हाम्रो क्याटोगोरीमा रहेका रोग भन्दा विन्न प्कारको भएकाले हामीले यसको तथ्याङ निकालेका छैनौं ।’

निजी क्षेत्रबाट यसको परीक्षण गरिदै

लागू औषध प्रयोग कर्ता , अत्याधिक मादक पदार्थ सेवन कर्ता र असुरक्षित योन संक्रमणबाट पनि यो रोग सर्ने भएकाले बिर्तामोडमा रहेको पुर्नजन्म समूह नेपालले निजी क्षेत्रबाट यो रोगको परीक्षण निःशुल्क गर्न शुरु गरेको छ । पछिल्लो समय यो रोगबाट पीडित हुनेको संख्या बढ्दै गएपछि हेपाटाइटिस ‘सी’को निःशुल्क परीक्षण शुरु गरिएको समूहका अध्यक्ष राजु गिरीले बताए । अध्यक्ष गिरीका अनुसार झापाका वुधवारे, सुरुङ्गा र बिर्तामोडमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ११२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा ४ जनामा हेपाटाइटिस ‘सी’ पोजेटिभ देखिएको छ । जाइटस कम्पनीको सहकार्यमा पुर्न जन्म समूह नेपालले यो रोगको निःशुल्क परीक्षण सुरु गरेको जनाएको छ ।

जसमा एसआर एल कम्पनीसंग पनि सहकार्य रहेको बताइएको छ । २१ हजार रुपैयाँ लाग्ने जेनोटाइप र भाइरल लोड परीक्षणका लागि भने दुई हजार ५ सय रुपैयाँ भारतीय रुपैयाँ सेवाग्राहीले तिर्नुपर्ने समूहका अध्यक्ष गिरीले बताए । समूहका परामर्शदाता सरोज श्रेष्ठका अनुसार झापामा पछिल्लो एक वर्षमा यो रोगीको संख्या बढ्दै गएका छन् । समूहले पूर्वाञ्चलका लागि यो रोगको परीक्षण निःशुल्क गरेको समेत श्रेष्ठको भनाई छ ।
नेपालमा नै यो कार्यक्रम पहिलो भएको बताइन्छ ।

यस रोगको लक्षण

हेपाटाइटिस ‘सी’ रोगका प्रमुख लक्षणहरू सामान्य अस्वस्थता अनुभव गर्नु, छालाको रंग पहेंलो हुनु, कमजोरी लाग्नु, भोक कम लाग्नु, थकाइ अनुभव हुनु, वाक्वाकी लाग्नु, पेट दुख्नु हुन् । हेपाटाइटिस ‘सी’बाट संक्रमित २० प्रतिशतभन्दा कम व्यक्तिले यो भाइरसबाट पूर्ण रूपमा मुक्ति पाउँछन् । यस्ता व्यक्तिमध्ये विरलैले यसको दीर्घकालीन कुप्रभाव भोग्छन् ।

युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड हयुमन सर्भिसअन्तर्गतको नेसनल इन्स्िटच्युट अफ डाइबिटिक्स एन्ड डाइजेस्टिभ एन्ड किड्नी डिजिज
(एनडिडिआईसी) का अनुसार दीर्घकालीन हेपाटाइटिस ’सी’ बाट ग्रस्त करिब ३० प्रतिशत व्यक्तिमा तौल कम हुने, भोक कम लाग्ने, थाक्ने, जोर्नी दुख्नेजस्ता सामान्य लक्षण देखिन्छन् । धेरैजसो व्यक्तिमा भने भाइरसले विस्तारै विस्तारै कलेजोमा क्षति पुर्‍याइराख्दा समेत संक्रमण सुरु भएको २० देखि ३० वर्षसम्म कुनै लक्षण देखिँदैन ।मद्यपानले हेपाटाइटिस ’सी’ लाई गम्भीर बनाउन सक्छ । यसैले यो रोगले पीडितहरूले रक्सीको मात्रा कम गर्नैपर्छ । पूर्ण रूपले त्यागे अति उत्तम ।

हेपाटाइटिस ‘सी’ बाट बच्ने उपाय

सिडिसीको सुझावअनुसार, उच्च जोखिमवाला केही समूहले हेपाटाइटिस ’सी’ को अनिवार्य परीक्षण गराउनुपर्छ । यसअन्तर्गत ती व्यक्ति पर्छन् , जसले सन् १९९२ भन्दाअघि रगत वा रगत उत्पादनको उपयोग गरेका छन् वा अंग प्रत्यारोपण गराएका छन् । सिरिन्जका माध्यमले ड्रग लिने वा कोकिन सुँघ्ने व्यक्तिहरूले समेत परीक्षण गराउनुपर्छ । लामो समय देखि हेमोडाइलासिस गराइरहेकाहरू र धेरै साथीसँग यौन इतिहास भएकाहरूले समेत जाँच गराउनुपर्छ । जीवनसाथीलाई हेपाटाइटिस ’सी’ भएकाहरू र हेपाटाइटिस ’सी’ रोगीसँग एउटै घरमा बस्ने व्यक्तिहरूले बेलाबेला परीक्षण गराउनुपर्छ । कलेजो रोग भएकाहरूले हेपाटाइटिस ’सी’ भएरनभएको निक्र्यौल गर्न एकपटक चिकित्सककहाँ पुग्नैपर्छ । जोखिम रोक्नयो रोगविरुद्घ कुनै खोप नभएकाले यसको जोखिमबबाट बच्नु नै बचाउ हो

सियोका माध्यमले औषधि लिनुपरे निडिल संक्रमणमुक्त रहेको किटान गर्नुस् । ड्रग लिन सिरिन्ज उपयोग नगर्नुस्, कोकिन नसुँघ्नुस् । नाक(कान छेड्दा वा टाटु बनाउँदा सियो संक्रमणमुक्त रहेको ग्यारेन्टी गर्नुस् । दाँत माझ्ने ब्रस, रेजर, नेल क्लिपर्स, पियर्स इयरिङ्स कसैसँग साझा नगर्नुस् । स्वाथ्यकर्मीले रोगीको रगतको सम्पर्कबाट बच्न गाउन, पन्जा उपयोग गर्नुस् ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget