Websoft University

www.radiomakalu.com || 021-522512


कञ्चनपुरको पुनर्वास नगरपालिकामा निषेधाज्ञा जारी



कञ्चनपुर,फागुन २८ गते  । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा शनिबार पनि विरोध प्रदर्शन जारी रहेपछि निषेधाज्ञा जारी गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले अर्को आदेश नहुन्जेलसम्मका लागि पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको बताए ।

गत बिहीबार एसएसबीले गोली हानेर पुनर्वास नगरपालिका ८ का ३० वर्षीय गोविन्द गौतमको हत्या गरेको थियो । नेपाल-भारत सीमा क्षेत्रमा कल्भर्ट निर्माणको विषयमा विवाद भइरहेका बेला एसएसबीले गोली चलाएको थियो । सो घटनालगत्तै कञ्चनपुरको पुनर्वाससहित देशभर भारतविरुद्ध विरोध प्रदर्शन भएको छ ।

शनिबार पनि सु्दूरपश्चिमका प्रमुख नाका गड्डाचौकी, गौरीफन्टासहित कञ्चनपुर, कैलालीका सीमा नाका बन्द गरिएको छ । स्थानीय स्वतःस्फूर्त विरोध प्रदर्शनमा उत्रिएका छन् । भन्सार नाकामा हुने दैनिक कारोवार प्रभावित बनेको छ ।

सरकारले गौतमलाई शहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने, परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र बालबच्चालाई निःशुल्क उच्चशिक्षासम्म पढाउने निर्णय गरेको छ । तर, पीडित परिवार र स्थानीयले शवको पोष्टमार्टम गर्न मानेका छैनन् ।-दीपक उपाध्याय,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget